Connect with us
Kapilvast Forest

प्रधानमन्त्रीलाई उत्तेजित अभिव्यक्ति नदिन गगनको आग्रह

२०८२, १३ जेष्ठ सोमबारमा प्रकाशित

काठमाडौं –

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई उत्तेजित अभिव्यक्ति नदिन आग्रह गरेका छन् ।सोमबार बसेको पार्टीको पदाधिकारी बैठकपछि सञ्चारकर्मीलाई छोटो प्रतिक्रया दिने क्रममा अभिव्यक्ति मार्फत उत्तेजनामा ल्याउन नहुने विचार राखेका हुन् । उनले भने, ‘हामीले त कसैलाई उत्तेजनामा ल्याउने काम गर्न पाइँदैन भने सम्माननीय प्रधानमन्त्रीले त्यस्तो भन्नुहुन्छ भन्नेकुरा कल्पना पनि गरिँदैन । त्यसैले यो जे जस्ता कुराहरु बाहिर सुनियो । त्यस्ता कुराहरु बाहिर आइन्दा नदोहोरियोस् ।’

कसैले पनि उत्तेजनामा ल्याउने काम गर्न नहुने भन्दै महामन्त्री थापाले प्रधानमन्त्रीले स्वयं उत्तेजक हुने अभिव्यक्ति दिने कुरा कल्पना बाहिरको कुरा भएको बताए ।प्रधानमन्त्री ओलीले शनिबार गोदावरीमा आयोजित नेकपा एमाले बागमती प्रदेश कमिटीद्वारा आयोजित वडाध्यक्षहरुको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै जेठ १५ गते राजधानी काठमाडौंलाई एमालेको नियन्त्रणमा राख्न निर्देशन दिएका थिए । उक्त बोलीप्रति महामन्त्री थापाले आपत्ति जनाएका हुन् । १५ जेठमा राप्रपा, राप्रपा नेपाललगायतका दल र विभिन्न राजावादी संघसंस्थाले राजतन्त्र पुनर्स्थापना, संघीयता खारेजी, हिन्दूराज्य पुनर्स्थापना लगायतका माग राखेर आन्दोलन थाल्ने घोषणा गरेका छन् ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu