Connect with us
Kapilvast Forest

कपिलवस्तुका महिलाहरुलाई ढकिया बुन्ने तालिम

२०८२, १३ जेष्ठ सोमबारमा प्रकाशित

न्युजसेन्टर नेपाल
कपिलवस्तुका महिलाहरुलाई २० दिने ढकिया बुन्ने तालिम सुरु भएको छ । शिवराज नगरपालिका वडा नं ५ को सहयोग र थारु कल्याणकारणी शिवराज नगर कार्यसमितिको आयोजनामा तालिम सुरु भएको हो ।

एक कार्यक्रमका बिच शिवराज नगरपालिकाको उपप्रमुख शिवकुमारी थारुले कार्यक्रमको उद्घाटन गर्नुभएको हो । कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै थारुले  ग्रामीण महिलाहरूको सिप विकास र आत्मनिर्भरता अभिवृद्धि गर्ने उद्देश्यले सुरु गरिएको यो कार्यलाई  शिवराज नगरपालिकाले पुर्ण सहयोग गर्ने बताउनुभयो ।

सीप सिकेर आत्मनिर्भर रहनुका साथै घरेलु उद्योग सन्चालनमा ल्याउनको लागि आग्रह समेत गर्नुभएको थियो ।“हाम्रो संस्कृति र परम्परागत सीपलाई जगेर्ना गर्दै महिलाहरूलाई आर्थिक रूपमा सक्षम बनाउन यस्ता तालिमहरू अत्यन्त उपयोगी छन्।” थारुले भन्नुभयो ।

कार्यक्रममा विशिष्ट अतिथि शिवराज नगरपालिका ५ का वडाअध्यक्ष नेत्र बेलबासे ले सीप सिकेर आत्मनिर्भर मात्र नभै सिकेको सिपलाई बजारीकरण गर्न आग्रह गर्नुभयो ।

ढकियालाई बजार प्रबर्द्धन गर्नकालागि वडाले सहज गरिदिने समेत प्रतिबद्धता जनाउनुभएको छ ।

सिकेको सिपलाई व्यावहारमा उतर्नुस तपाईंले उत्पादन गरेको ढकिया लाई रार्ष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा कसरी बजारिकरण गर्ने बन्ने हाम्रो दायित्व हो बेलबासेले भन्नुभयो ।
तालिममा सहभागी महिलाहरूलाई ढकिया बुन्ने कलासँगै, बजार व्यवस्थापन र उत्पादनको गुणस्तर सुधार गर्ने कुरामा समेत प्रशिक्षण दिइने थारु कल्याणकारी सभा शिवराज नगर कार्यसमितीका अध्यक्ष तथा आयोजक संस्थाका अध्यक्ष प्रकाश चौधरीले बताउनुभयो ।

पालिकाले महिलाहरूलाई उद्दम बनाउनका लागि आउने दिनहरुमा पनि सीप मुलक कार्यक्रम सञ्चालन गर्नुपर्ने अध्यक्ष चौधरीको भनाइ रहेको छ।
तालिममा १५ जना महिलाहरू सहभागी रहेको थियो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu