Connect with us
Kapilvast Forest

प्रेस युनियन स्थापना दिवसमा फलफुल वितरण

२०८२, १४ जेष्ठ मंगलवारमा प्रकाशित

कपिलवस्तु-
लोकतन्त्रवादी पत्रकारहरुको छाता संगठन नेपाल प्रेस युनियनको ३४ औं स्थापना दिवसको अवसर पारेर नेपाल प्रेस युनियन कपिलवस्तु शाखाको आयोजनामा कपिलवस्तु अस्पतालका बिरामीलाई फलफुल बितरण गरिएको छ ।

कपिलवस्तु नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष प्रकाश गैरे, वडा नम्बर २ का पुर्व वडा अध्यक्ष रामभजन कलवार, लुम्बिनी बिकास कोषका परिषद सदस्य गोपीकृष्ण शर्मा, नेपाल प्रेस युनियन कपिलवस्तु पुर्व अध्यक्ष तथा नेपाल पत्रकार महासंघका पुर्व शाखा अध्यक्ष मनोज पौडेल, महासंघ पुर्व शाखा अध्यक्ष किरणमान बज्राचार्य, प्रेस युनियनका जिल्ला अध्यक्ष खग प्रसाद चापागाई, कोषाध्यक्ष बृजेश कुमार जयसवाल, नेविसंघ पुर्व जिल्ला अध्यक्ष राकेश पाण्डेय, पत्रकार महासंघ सहसचिवहरु कृष्ण प्रसाद पौडेल, नारद कोहार पत्रकारहरु बिनोद अधिकारी, शत्रुघन खरबिन्द, हनुमान पाण्डेय, अनिल मल्ल लगायतले अस्पतालमा रहेका २५ बिरामीलाई फलफुल बितरण गरेका हुन ।

लोकतन्त्रको एउटा आधार स्तम्भको रुपमा सञ्चार क्षेत्रको हकहितमा काम गर्ने अग्रणी संगठन नेपाल प्रेस युनियनले रचनात्मक रुपमा सामाजिक उत्तरदायित्व पुरा गर्ने कार्य गरेको कार्यक्रमका प्रमुख अतिथि कपिलवस्तु नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष प्रकाश गैरेले बताए ।

युनियनको ३४ औं स्थापना दिवसको अवसर पारेर साताव्यापी रुपमा बिभिन्न कार्यक्रम आयोजना गरिने नेपाल प्रेस युनियन कपिलवस्तु शाखाका अध्यक्ष खग प्रसाद चापागाईले बताए ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu