प्रतिनिधिसभा बैठक भोलि दिउँसो साढे १ बजे बस्नेगरी स्थगित
काठमाडौं –
प्रतिनिधिसभा बैठक स्थगित भएको छ ।भोलि दिउँसो साढे १ बजेसम्मका लागि बैठक सूचना टाँस गरेर स्थगित गरेको संसद् सचिवालयले जनाएको छ ।आज पनि बैठक सुरु भएर केहीबेरमै स्थगित भएको थियो ।
लगत्तै, सभामुखले दलका प्रमुख सचेतकहरूबीच छलफल गरे पनि सफल हुन सकेन ।भोलि नै सरकारले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दैछ । त्यसअघि आर्थिक सर्वेक्षण पनि सार्वजनिक गर्ने सरकारको तयारी छ ।