Connect with us
Kapilvast Forest

पेट्रोलियम पदार्थको प्रयोग घटाऔँ, विद्युतको प्रयोग बढाऔँः देउवा

२०८२, १९ जेष्ठ आईतवारमा प्रकाशित

काठमाडौं 

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पेट्रोलियम पदार्थको प्रयोग घटाउँदै स्वदेशमै उत्पादन हुने स्वच्छ विद्युत प्रयोग गर्नु अबको आवश्यकता भएको बताएका छन्। आइतवार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित वातावरण तथा जलवायु परिवर्तन सरोकार संवाद कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले विद्युतको प्रयोगले व्यापार घाटा मात्रै नघटाउने भन्दै अर्थतन्त्रमा पनि सकारात्मक प्रभाव पार्ने जिकिर गरे।

उनले पेट्रोल पदार्थको सट्टा विद्युतबाट नै धेरै कामहरू गर्न सकिने बताए। सभापति देउवाले  विद्युतीय सवारीहरूको प्रयोग बढाउनुपर्ने र विद्युतीय सामाग्रीहरू पनि बढी उपयोग गर्न जरुरी रहेको बताए। यसले जलवायु परिवर्तनका असर न्यूनिकरणमा मद्दत पुग्ने उनको भनाइ छ। सभापति देउवाले विद्यालय, विश्वविद्यालयमा जलवायु शिक्षा, बाढी प्रभावित क्षेत्रमा पूर्वसूचना प्रणाली, सुख्खा तराई क्षेत्रमा सिँचाई र स्वच्छ खानेपानीको व्यवस्था, पहिरो प्रभावित पहाडी क्षेत्रमा भूक्षय रोकथाम कार्यान्वयन, हिमतालहरूको संरक्षणका साथै हिमालको फोहोर व्यवस्थापनमा स्थानीय जनस्तरसम्म पुग्ने अनुकूलका कार्यक्रमहरू सञ्चालन गर्न जरुरी रहेको बताए।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu