Connect with us
Kapilvast Forest

बुटवलमा बजेट सिलिङ नदिएपछि वडाध्यक्षहरू मेयरसँग रुष्ट

२०८२, २९ जेष्ठ बुधबारमा प्रकाशित

बुटवल 

वडाहरुलाई आगामी आर्थिक वर्षको वजेटको सिलिङ ९सीमा० नदिइ वर्षे अधिवेशन आह्वान गरेपछि अधिकांश वडाध्यक्षहरू बुटवलका मेयर खेलराज पाण्डेयसँग रुष्ट भएका छन् ।विगतका वर्षहरुमा वजेट अधिवेशनको एक महिना अगावै वडाहरुले पाउने वजेटको सिलिङ ९सीमा० तोकिन्थ्यो । बुटवलमा १९ वडा छन् ।सिलिङ तोकेपछि त्यसका आधारमा टोलदेखि वडा हुँदै नगर कार्यपालिकासम्म सात वटा चरण पार गरेर योजनालाई अन्तिमरुप दिइ बजेट बनाउने गरिएकामा यसपटक सिलिङ गुपचुप राख्न खोजिएको भन्दै वडाध्यक्षहरु मेयर पाण्डेयको रबैयाप्रति रुष्ट बनेका हुन् । असार १० गते नगरसभामा वजेट पेस गर्ने तयारी छ ।

बजेट पेस गर्न दुई हप्ता मात्र बाँकी हुँदासम्म सिलिङ नतोकेर गुमराहमा राखेको भन्दै मेयरको कार्यशैलीप्रति असहमति जनाउँदै कांग्रेसबाट निर्वाचित वडा नं ९ का वडाध्यक्ष प्रदीपप्रसाद श्रेष्ठले सामाजिक विकास समितिबाट राजीनामा दिएका छन् । ‘सिस्टम अनुसार एक महिनाअघि सिलिङ तोकेर जानुपर्नेमा मेयरले वडाध्यक्षलाई रैती बनाउने, कजाउने जस्तो व्यवहार देखाए’, श्रेष्ठले भने, ‘मेयरले कार्यशैली नसच्याए मेयरको खल्तीको वजेट स्वीकार्न सकिंदैन ।’

वडा नं १ का वडाध्यक्ष नरेन्द्र बस्नेतले पनि एक महिनाअघि बजेटको सिलिङ तोकेर अघि बढ्नुपर्नेमा मेयर पाण्डेय अपारदर्शी र अलोकतान्त्रिक ढंगले चलेको आरोप लगाए ।‘असार ५ गते वजेट अधिवेशन सुरु हुँदैछ र १० गते नगर सभामा वजेट पेस गर्नुपर्छ तर दुई हप्ता मात्रै समय बाँकी हुँदासम्म वडाको बजेट सिलिङ नतोक्नु अपारदर्शी चरित्र हो’, बस्नेतले भने, ‘फरक मतको सम्मान नगर्ने, बैठकमा फरक मत आयो भने रिसाएर बैठक छाडेर हिंड्ने जस्ता अलोकतान्त्रिक रबैया मेयरको छ, यसरी चल्दैन, छिटोभन्दा छिटो सिलिङ तोक्नुपर्छ ।’

वडाध्यक्षहरुलाई गुमराहमा राखेर बजेटको ठूलो हिस्सा आफूले अबण्डा शीर्षकमा राखेर आफ्नो स्वार्थ अनुकुलका कार्यक्रममा मनपरी बजेट वितरण गर्ने शैली देखिएमा स्वीकार नगर्ने उनले बताए ।वडा नं १४ का वडाध्यक्ष दधिराम न्यौपानेले वजेट निर्माणका सात वटा चरण पार गर्नका लागि विगतमा एक महिना अगावै वडाको बजेट सिलिङ तोक्ने गरिएकामा यसपटक ढिलाइ गर्नुको पछाडि व्यक्तिगत र राजनीतिक स्वार्थ लुकेको बताए । ‘टोलबाट छलफल गरी वडा भेला गर्दै वडा समितिले योजना सूचिकृत गरी नगरको विषयगत समितिमा छलफल पछि कार्यपालिकाले पारित गरेपछि सात वटा चरण पार गरेर मात्रै बजेट निर्माण हुने हो’, न्यौपानेले भने, ‘यी सात चरण पूरा गर्न कम्तीमा एक महिना समय चाहिन्थ्यो तर यसलाई बेवास्ता गरेर अन्तिममा सिलिङ दिएपछि वडामा कुनै छलफल र गृहकार्य गर्न नपाई बन्ने बजेटप्रति कसरी वडावासीको अपनत्व हुन्छ रु’

मेयर पाण्डेयले विगत वर्षहरुमा पनि बजेटको ठूलो हिस्सा आफ्नो पद जोडेर बनेका योजनामा विनियोजन गरी व्यक्तिगत जस लिने गरेका र अहिले पनि त्यसै गर्न खोजेकाले उनको कार्यशैलीप्रति कांग्रेसकै वडाध्यक्षसहित धेरैको असन्तुष्टि रहेको न्यौपानेले बताए ।उपमहानगरपालिकाका प्रवक्ता शिव रानाले भने असार ५ गते बस्ने नगरसभामा वडाको बजेट सिलिङबारे सहमति जुट्ने र सहमतिमै असार १० गते वजेट आउने बताए ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu