Connect with us
Kapilvast Forest

आठ वर्षमा अवैध रूपमा बाहिरिए ७५ हजार भारतीय

२०८२, २९ जेष्ठ बुधबारमा प्रकाशित

काठमाडौं

पछिल्लो आठ वर्षमा ७५ हजारभन्दा बढी भारतीय नागरिकसमेत त्रिवि अध्यागमन प्रयोग गरी तेस्रो मुलुक पुगेको पाइएको छ। २०७४ फागुनदेखि हालसम्म ७५ हजार ८६४ जना भारतीय नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन प्रयोग गरी कतार, कुवेत, युनाइटेड अरब इमिरेट्स (यूएई), हङकङ, मलेसिया, चीन, थाइल्याण्ड र श्रीलङ्कालगायतका मुलुकमा पुगेको पाइएको हो।

बुधबारको गोरखापत्र दैनिकमा समाचार छ,२०८० साल फागुन २३ गतेदेखि २०८१ साल असार ३० गतेसम्म उपप्रधानमन्त्री तथा गृहमन्त्री रहनुभएका रवि लामिछानेको दोस्रो कार्यकालमा सात हजार ४० जना र पहिलो कार्यकालमा एक हजार २३९ जना गरी कुल आठ हजार २७९ जना भारतीय नागरिकलाई तेस्रो मुलुक जान अनुमति दिएको पाइएको छ । जुन औसत दैनिक ५८ जना हो।

सो अवधिमा अध्यागमन प्रयोग गर्दा सम्बन्धित देशले जारी गर्ने ‘नो अब्जेक्सन लेटर’ (एनओसी) बिना नै भ्रमण अनुमति दिएको पाइएको छ। रास्वपा सभापतिसमेत रहेकालामिछाने हाल सहकारीको रकम हिनामिना प्रकरणमा पुर्पक्षका लागि कारागारमा छन्। त्यसअघिका गृहमन्त्री नारायणकाजी श्रेष्ठको कार्यकाल २०७९ साल चैत १७ देखि २०८० साल फागुन १३ गतेसम्म एक वर्ष तीन दिनमा १४ हजार सात जना भारतीय तेस्रो मुलुक पुगेको देखिएको छ । यो सङ्ख्या दैनिक औसत ३८ जना हो । श्रेष्ठ नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष छन्।

श्रेष्ठअघि २०७८ साल असार २९ गतेदेखि २०७९ साल पुस ११ गतेसम्म गृहमन्त्री रहेका नेपाली कांग्रेसका नेता बालकृष्ण खाणको १७ महिने कार्यकालमा २४ हजार ६२१ जना भारतीय नागरिक त्रिवि अध्यागमनबाट तेस्रो मुलुक पुगेको पाइएको छ । यो सङ्ख्या दैनिक औसतमा ४७ जना हो । खाण अघि २०७४ साल फागुनदेखि २०७८ साल असार २८ गतेसम्म गृहमन्त्री रहनुभएका रामबहादुर थापाको तीन वर्ष चार महिना १६ दिनको कार्यकालमा १५ हजार ३२ जना भारतीय बाहिरिएको पाइएको छ । यो दैनिक औसतमा १२ जना हो । बादल तत्कालीन नेकपा नेता र हाल नेकपा एमालेका उपाध्यक्ष हुनुहुन्छ ।

हालका गृहमन्त्री रमेश लेखकले जिम्मेवारी सम्हालेको२०८१ असार ३० गतेदेखि हालसम्मको ११ महिनामा १३ हजार ७८८ जना भारतीय त्रिवि अध्यागमन प्रयोग गरी तेस्रो मुलुक गएको पाइएको छ । जुन दैनिक औसत ४१ जना हो।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu