मुस्ताङमा पनि ‘पेरिस डाँडा’, माओवादीको कार्यालय बनाइँदै, प्रचण्डले गरे शिलान्यास
मुस्ताङ –
नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र०का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले घरपझोङ गाउँपालिका(४ भ्रप्सोस्थित पेरिस डाँडामा निर्माण हुने पार्टीको कार्यालय भवनको शिलान्यास गरेका छन् ।बौद्ध परम्पराअनुसार उनले बिहीबार पार्टी कार्यालयको भवन शिलान्यास गरेका हुन् ।
नेकपा (माओवादी केन्द्र) जिल्ला समन्वय समितिका ‘इञ्चार्ज’ धीरेन्द्र विकका अनुसार छ कोठाको भवन निर्माणका लागि वारागुङ मुक्तिक्षेत्र(२ छ्ङ्गुरका ढच्युङ गुरुङले जग्गादान गरेका छन् ।शिलान्यासका क्रममा अध्यक्ष प्रचण्डले पार्टी कार्यालय भवन निर्माणपछि सङ्गठन विस्तारका साथै मुस्ताङीको विकासका चाहनामा भरथेग गर्न सहज हुने विश्वास व्यक्त गरे ।साथै उनले जनतालाई केन्द्रमा राखेर काम गर्न पार्टीका स्थानीय नेता तथा कार्यकर्तालाई निर्देशन दिए ।