Connect with us
Kapilvast Forest

सातवटै प्रदेशले आज बजेट सार्वजनिक गर्दै

२०८२, १ असार आईतवारमा प्रकाशित

काठमाडौं –

​ सातवटै प्रदेश सरकारले आज आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दैछन्। असार १ गते बजेट ल्याउनु पर्ने कानुनी व्यवस्थाअनुसार आज सातै प्रदेशका आर्थिक मामिला मन्त्रालयले आगामी आर्थिक वर्षको आय–व्ययको विवरण सार्वजनिक गर्न लागेका हुन्। अघिल्ला वर्षहरुमा बजेट कार्यान्वयनमा समस्या देखिएपछि अधिकांश प्रदेशले बजेटको आकार नबढाउने भएका छन्। प्राय सबै प्रदेशले कृषि, रोजगारी र पर्यटनलाई प्राथमिकतामा राखेका छन्। कोशी प्रदेश सरकारले पूर्वाधार, पर्यटन, शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमितकतामा राखेर बजेट ल्याउने तयारी गरेको छ।

कोशी प्रदेशभाको आज दिउँसो ३ बजे बस्ने बैठकमा हार्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले बजेट प्रस्तुत गर्नुहुनेछ। कोशीले गत वर्ष ३५ अर्ब २७ करोड ९३ लाख रुपैयाँको बजेट ल्याएको थियो। मधेश प्रदेश सरकारले कृषि क्षेत्रको आमूल सुधारलाई प्राथमिकतामा राखेर बजेट ल्याउँदैछ। सरकारले रोजगारी सिर्जनालाई प्राथमिकता दिने बताएको छ। बजेट प्रस्तुतिका लागि दिउँसो ४ बजे बैठक आह्वान भएको मधेस प्रदेशसभा सचिवालयले जनाएको छ।

यस्तै बागमती प्रदेशले पर्यटन र कृषिलाई प्राथमिकतामा राखेको छ। बागमती प्रदेशले गत वर्ष सबै प्रदेशको भन्दा ठूलो ६४ अर्ब ५४ करोड ४ लाख रुपैयाँको बजेट ल्याएको थियो। दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले बजेट प्रस्तुत गर्नुहुने प्रदेशसभा सचिव रामकुमार पौडेलले जानकारी दिनुभयो।

गण्डकी सरकारले आत्मनिर्भर प्रदेशको आधार तयार गर्ने गरी बजेट ल्याउने भएको छ। त्यसैगरी लुम्बिनीले कृषि, पर्यटन र पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दैछ। चालु आर्थिक वर्षका लागि ३८ अर्ब ९७ करोडको बजेट ल्याएको लुम्बिनीले आगामी वर्षका लागि भने झण्डै ३५ अर्बको मात्र ल्याउने तयारी छ। दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा बजेट प्रस्तुत हुने प्रदेशसभा सचिव दुर्लभकुमार पुनले जानकारी दिनुभयो।

कर्णाली सरकारले सीमान्तकृतको जीवनस्तर सुधार गर्ने लक्ष्यसहित बजेट ल्याउने बताएको  छ। बजेट दिउँसो ३ बजे बस्ने प्रदेशसभामा पेश हुने प्रदेशसभा सचिव जिवराज बुढाथोकीले बताउनु भएको छ। यस्तै सुदूरपश्चिम सरकारले क्रमागत र बहुवर्षीय आयोजनामा बजेट केन्द्रित गर्ने तयारी गरेको छ। निर्वाचन क्षेत्र केन्द्रित गरी प्रत्यक्ष निर्वाचित प्रदेशसभा सदस्यलाई ५ करोड र समानुपातिकलाई ३ करोड बजेट छुट्याउने तयारी छ।

आज साँझ ५ बजे बस्ने प्रदेश सभाको बैठकमा आर्थिक मामिलामन्त्री बहादुर सिंह थापाले अगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने कार्यसूची तय भएको छ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu