Connect with us
Kapilvast Forest

घुस असुलीको आरोपपछि सप्तरीका एसपीको सरुवा

२०८२, १० असार मंगलवारमा प्रकाशित

काठमाडौँ-

प्रहरी प्रधान कार्यालयले सप्तरीका एसपी ढकेन्द्र खतिवडालाई जिम्मेवारीबाट हटाएको छ। उनले खटाएका एक वरिष्ठ सइले चार लाख रुपैयाँ घुस लिँदै गरेको भिडियो सार्वजनिक भएपछि उनलाई हटाइएको छ।

एक फरार अभियुक्तलाई पक्राउ नगर्ने भन्दै वरिष्ठ सइ विश्वनाथ त्रिपाठीमार्फत घुस लिएको प्रारम्भिक छानबिनमा खुलेको छ। पटक-पटक गरेर १० लाख रुपैयाँ लिइएको पीडितको दाबी छ। घटनाको विषयमा छानबिन गर्न एसएसपी शान्तिराज कोइरालाको नेतृत्वमा समिति गठन गरिएको छ। सप्तरीमा एसपी गौतम केसीलाई खटाइएको छ।

साभार : नयापत्रिका

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu