Connect with us
Kapilvast Forest

विजयनगरको सत्रौं गाउँसभा विवादमा, २१ जना जनप्रतिनिधिद्वारा बहिष्कार

२०८२, १० असार मंगलवारमा प्रकाशित

कपिलवस्तु — कपिलवस्तुको विजयनगर गाउँपालिकाको सत्रौं गाउँसभा एकलौटी योजना समावेश गरिएको आरोपसहित २१ जना जनप्रतिनिधिले बहिष्कार गरेका छन् । गाउँपालिका अध्यक्ष गोपालबहादुर थापाले योजना निर्माण प्रक्रियामा छलफल नगरी मनपरी ढंगले अघि बढाएको असन्तुष्ट पक्षले आरोप लगाएका छन ।

गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी चौधरी, वडाका वडाध्यक्षसहित २१ जना जनप्रतिनिधिहरूले गाउँसभा सुरु हुनुअघि नै बहिष्कारको घोषणा गरेका हुन् । उनीहरूका अनुसार योजना समाबेस नगराइएकाले गाउँसभा बहिष्कार गरेका छन ।

जनप्रतिनिधिहरूले प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजालले अध्यक्षको मात्रै निर्देशन पालना गरेर अन्य जनप्रतिनिधिलाई बेवास्ता गरेको आरोप लगाएका छन् ।

“हामीले बिहानै योजना टिपाएका थियौं, तर ती समावेश गरिएनन्,” एक वडाध्यक्षले भने ।

चार वडाका जनप्रतिनिधिहरूले सभा बहिष्कार गरेपछि गाउँसभा प्रभावहीन बनेको छ । असन्तुष्ट समूहले पारदर्शिता र समान सहभागिताको माग गर्दै सुधार नभए कडा कदम चाल्ने चेतावनी दिएका छन् ।

स्थानीय तहको योजना निर्माणमा समावेशिता र सहमतिको अभ्यास नगरेर ‘पेलेर’ अघि बढाउने प्रवृत्तिले विजयनगर गाउँपालिकामा नयाँ राजनीतिक संकट उत्पन्न भएको छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu