राष्ट्रिय सभाको बैठकमा आज यस्तो छ कार्यसूची
काठमाडौं-
संघीय संसद् अन्तरगत राष्ट्रिय सभाको बैठक बिहीबार बस्दै छ । दिउँसो सवा १ बजे बस्ने बैठकमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘विनियोजन विधेयक, २०८२’ सभासमक्ष प्रस्तुत गर्ने कार्यसूची छ।
त्यसअघि राष्ट्रियसभा सचिव डा. सुरेन्द्र अर्यालले ‘विनियोजन विधेयक, २०८२’का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश सभासमक्ष टेबुल गर्ने सम्भावित कार्यसूची छ । ‘विनियोजन विधेयक, टेबल भएसँगै राष्ट्रियसभामा छलफल शुरु हुनेछ । त्यसपछि राष्ट्रिय सभाका सदस्यहरूले उठाएका प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले दिनेछन्।
यस्तै सांसद जगप्रसाद शर्माले ‘खानेपानीमा नागरिकको सहज पहुँच पुर्याउने र नेपालमै ब्लिचिङ पाउडर उद्योग खोल्ने सम्बन्धी’ संकल्प प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची संसद् सचिवालयले जनाएको छ।