Connect with us
Kapilvast Forest

प्रधानमन्त्री ओली आज स्पेन जाने

२०८२, १४ असार शनिबारमा प्रकाशित

काठमाडौं –

प्रधानमन्त्री केपी शर्मा ओली युरोपेली मुलुक शनिबार स्पेनको औपचारिक भ्रमणमा जाँदै छन्। नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली शनिबार अपराह्न स्पेनको औपचारिक भ्रमणमा जान लागेका हुन्।  स्पेन उड्नुअघि प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा शनिबार अपराह्न ५ बजे पत्रकारसँग कुराकानी गर्नेछन्।

भ्रमणका क्रममा प्रधानमन्त्री ओली १६-१९ असारसम्म स्पेनमा आयोजना हुने ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलन’मा सहभागी हुनेछन्।प्रधानमन्त्री ओलीको औपचारिक भ्रमणको सम्पूर्ण तयारी पूरा भएको स्पेनका लागि नेपाली राजदूत सनिल नेपालले जानकारी दिए। भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले आफ्ना समकक्षीसँग द्विपक्षीय भेटवार्ता गर्नेछन्। त्यस अवसरमा सहयोग र सम्बन्ध विस्तारसम्बन्धी केही महत्त्वपूर्ण विषयमा नेपाल र स्पेनबीच सहमतिपत्रमा हस्ताक्षर हुनेछ।

भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले त्यहाँस्थित नेपाली समुदाय र स्पेनिस उद्योगी व्यवसायीसँग पनि अन्तर्क्रिया गर्नेछन्। सम्मेलनका क्रममा प्रधानमन्त्री ओलीको अन्य महत्त्वपूर्ण द्विपक्षीय भेटघाटसमेत हुने दूतावासले जनाएको छ। उनी यही असार २० गते स्वदेश फर्किनेछन्।नेपाल र स्पेनबीच सन् १९६८ मे १३ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो। तर सन् २०१८ मा मात्र त्यहाँ नेपालको आवासीय राजदूतावास स्थापना भएको हो। स्पेनको दूतावास यहाँ नभएकाले दिल्लीस्थित दूतावासले नेपाल हेर्दै आएको छ।

स्पेनमा विभिन्न पेशा तथा व्यवसायमा करिब २० हजार नेपाली रहेको अनुमान छ। उनीहरूमध्ये विशेषगरी कृषि, होटल, पर्यटन र निर्माणलगायत क्षेत्रमा बढी संलग्न छन्।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu