Connect with us
Kapilvast Forest

राजा शुद्धोधनको धान महोत्सवको पेन्टिङ बर्माको संग्रहालयमा छ : पुर्वमन्त्री खनाल

२०८२, १५ असार आईतवारमा प्रकाशित

पुनहरी घिमिरे, कपिलवस्तु –

नेकपा (माओवादी केन्द्र)का केन्द्रिय सचीव, लुम्विनी प्रदेश समिती ईन्चार्ज एवं पुर्व कृषि मन्त्री चक्रपाणी खनाल ‘बलदेव’ ले ऐतिहासिक स्थल तिलौराकोटमा करिब सत्ताईस सय वर्षअघि राजा शुद्धोधनले आयोजना गरेको धान महोत्सवको पेन्टिङ हाल बर्माको एक संग्रहालयमा रहेको बताउनु भएको छ ।

पूर्व कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनाल (बलदेव) ले असार १५ गते धान दिवसको अवसरमा कपिलवस्तुको शिवराज नगरपालिका ५ खैरिमा आयोजित कार्यक्रमको सम्बोधन गर्दै प्राचीन चित्र लगभग तेह्र सय वर्षअघि बनाइएको भए पनि चित्रमा चित्रित धान महोत्सव राजा शुद्धोधनको पालामा सम्पन्न भएको बताउनुभएको हो ।

महोत्सवमा हात्ती, घोडा, बाजागाजा र जनसमुदायको लामलस्कर सहितको सहभागिताको पेन्टिङ रहेको देखाइएको खनालको भनाई छ ।

कार्यक्रममा मन्त्री खनालले कालानमक धानको इतिहाससमेत चर्चा गर्दै यसको उत्पादन सुरुमा नेपालमै, त्यो पनि कपिलवस्तुबाट भएको बताउनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि खनालले कृषि क्रान्तिलाई देश निर्माणको आधारस्तम्भ बताउँदै किसानहरूलाई अग्रपङ्तिमा रहन प्रेरित गर्नुभएको थियो ।

साथै, दिवसको अवसरमा स्थानीय किसान, कार्यकर्ता र नेताहरूले संयुक्त रूपमा धान रोपेर उत्पादन बढाउने सन्देश दिएका छन ।


कार्यक्रम अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) जिल्ला समिति कपिलवस्तु, (YCL) कपिलवस्तु र नेकपा (माओवादी केन्द्र) शिवराज नगर समितिको संयुक्त आयोजनामा शिवराज नगरपालिका–खैरीमा विशेष कार्यक्रम गरिएको थियो । नेता तथा कार्यकर्ताले १० कठ्ठा खेत रोपेको युवा नेता रहिस साहले बताउनुभयो ।

कार्यक्रममा केन्द्रिय सदस्य एवं जिल्ला ईन्चार्ज रुद्रलाल बन्जाडे ‘ केन्द्रिय सदस्य जित बहादुर चौधरी , लिम्विनी प्रदेश समिती सह-सचीव काशिराम यादव पुर्व जिल्ला संयोजक बिष्णु बेल्बासे प्रदेश समिती सचिबालय सदस्य एवं बणगंगा नगर ईन्चार्ज नारायण भुसाल प्रदेश समिती सचिवालय सदस्य एवं शिवराज नगर ईन्चार्ज दोर्ण बहादुर पुन मगर ‘दिनेश’ प्रदेश समिती सदस्य टुकलाल पुन राजेन्द्र आचार्य, अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) जिल्ला अध्यक्ष रामवेलास यादव वाईसीएल केन्द्रिय सदस्य सहवाज खान वाईसीएल जिल्ला अध्यक्ष राकेश यादब अनेम संघ (क्रान्तिकारी) प्रदेश समिती सदस्य रेवता पौडेल युवा नेता रहिस शाह केशर वलि मुस्लिम मुक्ती मोर्चाका प्रदेश सदस्य  थकाली मिया बाणगंगा नगर समिती अध्यक्ष टेकेन्द्र क्षेत्री शिवराज नगर समिती अध्यक्ष चुर बहादुर खडका ‘जीवन’सहिद परिवार समाज कपिलवस्तुका अध्यक्ष प्रकाश पौडेल लगाएतका नेता कार्यकर्याहरुको उपस्थिती रहेको थियो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu