Connect with us
Kapilvast Forest

छानबिन समिति बनेपछि समिति छाड्ने खतिवडाको घोषणा, सचिव दुराले छाडिसके 

२०८२, २० असार शुक्रबारमा प्रकाशित

काठमाँडौ –
राज्य व्यवस्था समिति सभापति रामहरि खतिवडाले कुलिङ पिरियडमा भएको बदमासी छानबिन गर्न संसदीय समिति बनेपछि आफू समितिमा नजाने घोषणा गरेका छन् । सभापतिको हैसियतले पाउने गाडी पनि नचढ्ने उनको भनाइ छ । समितिका सचिव सुरजकुमार दुराले भने जिम्मेवारी छाडिसकेका छन् । बुधबारको बैठकमा सांसदहरूले दुरालाई प्रतिवेदन लेखेको नैतिक जिम्मेवार ठहर्‍याउँदै अब समितिमा सचिव स्विकार्न नसकिने र यो जिम्मेवारीबाट हट्न भनेका थिए । सांसदहरूको मागपछि दुराले समिति छाडेका हुन् ।

सहसचिव हुँदा समिति सचिव रहेका दुरा हालै सचिव पदमा बढुवा भएका थिए भने उनलाई संसदीय अध्ययन तथा अनुसन्धान महाशाखामा पदस्थापन गरिएको थियो ।तर, समिति सभापति खतिवडाले निजामती विधेयकमा राम्रो काम गरेको भन्दै प्रहरी विधेयक सकाउँदासम्म समिति सचिवकै रूपमा काम गर्न दुरालाई रोकेका थिए । ‘मलाई समिति छोड भन्नुभयो, मैले छोडेँ,’ सचिव दुराले भने ।
साभार नयाँपत्रिका

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu