Connect with us
Kapilvast Forest

त्रिवि क्रिकेट मैदानको फ्लडलाइटका लागि ३ टावर आइपुगे

२०८२, २५ असार बुधबारमा प्रकाशित

काठमाडौं –

काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जडान गरिने फ्लडलाइटका लागि पहिलो चरणमा ३ वटा टावरहरू आइपुगेका छन् ।भारतबाट ल्याइएका टावरहरू मध्यरातदेखि विहानको कुनै समयमा काठमाडौं आइपुगेको फ्लडलाइट जडान कम्पनीका प्रोजेक्ट म्यानेजर सौरभ साहले जानकारी दिएका हुन् । हाल उक्त टावरहरू त्रिवि क्रिकेट मैदानको बाहिरपट्टि राखिएका छन् ।

उनका अनुसार हाल पहिलो लटमा ३ वटा टावर आइपुगेका हुन् । अब अर्को लटमा थप ३ वटा टावर आइपुग्ने छन् ।टावरमा राखिने लाइट भने यूरोपियन देशबाट आउनेछ । लाइट आउन अझै ३ देखि ४ हप्तासम्म समय लाग्ने बताइएको छ ।‘अब त्यो ठ्याक्कै कुन देशबाट आउने भन्ने पक्का भइसकेको छैन, त्यहाँ धेरै प्राविधिक विषयहरू पनि जोडिएको हुन्छ, चेकिङ हरू हुन्छ, त्यसपछि आउने हो’ साहले भनेका छन् ।

हाल फ्लडलाइट जडान गरिने बेसको सबै काम सकिएको बताइएको छ । प्यारापिटतर्फ भने हाल सिट जडान कार्य भइरहेको छ ।मैदान स्तरोन्नति कार्यका आयोजना प्रमुख चक्रवर्ती कण्ठले हालसम्म भइरहेको कार्यप्रगतिबारे अब केही दिनमा फेरि रिपोर्टिङको काम गरिने बताएका छन् ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu