शिवगढी निर्माण व्यवसायी संघको अध्यक्षमा मोहन चयन
सनिउल्ला धोबी- कपिलवस्तु ।
शिवगढी निर्माण व्यवसायी संघको अध्यक्षमा इन्जिनियर मोहन केसी चयन भएका छन् । उमरी डाँडामा आयोजित निर्माण ब्यावासायीको भेलाबाट केसी सर्वसम्मत अध्यक्ष पदमा चयन भएका हुन् ।
निर्माण व्यवसायीहरुको हकहित र अधिकार संरक्षणका लागि संघ गठन गरिएको अध्यक्ष केसीले जानकारी दिनुभयो । उहाले भेलाले व्यवसायीहरुको समस्या सम्बोधन गर्न सशक्त संगठन निर्माणको आवश्यकता महसुस गर्दै संघ स्थापना गरिएको बताउनु भयो ।
संघको उपाध्यक्षमा कौशल चौधरी, महासचिवमा रोसन एमसी, सचिवमा क्यमुलस, कोषाध्यक्षमा मिलन विक र सहकोषाध्यक्षमा दर्लजन केसी चयन भएका छन ।
त्यसैगरी, संघको सदस्यहरुमा मदन सापकोटा, सागर चौधरी, तिलक चन्द, भरत किशोर यादव, दिलीप चौधरी, वृजेश चतुर्वेदी, खिमलाल खनाल, अरुण सेन र तिलक अधिकारी रहेका छन ।
संघले सल्लाहकार समिति समेत गठन गरेको छ । सल्लाहकार संयोजकमा अनन्त खडका चयन भएका छन् भने सदस्यहरूमा ईश्वर खत्री, झिनकन पासी र कमल सापकोटा रहेका छन् ।
संघले अब निर्माण व्यवसायीहरूको हकहितमा आवाज उठाउने र नीति निर्माण तहसम्म प्रभावकारी भूमिका खेल्ने प्रतिबद्धता जनाएको छ ।