Connect with us
Kapilvast Forest

नेपाल प्रेस युनिनयको केन्द्रीय समिति बैठक सुरू

२०८२, ५ श्रावण आईतवारमा प्रकाशित

काठमाडौं-

लोकतान्त्रिक पत्रकारहरूको छाता संगठन नेपाल प्रेस युनियनको केन्द्रीय समितिको बैठक सुरू भएको छ ।काठमाडौंको थापागाउँस्थित कार्निभल रेष्टुरेन्टमा प्रेस युनियनको केन्द्रीय समितिको बैठक सुरू भएको हो ।बैठकमा युनियनका वरिष्ठ उपाध्यक्ष प्रेम केसीले स्वागत गरेका छन् । साथै युनियनको मनोनीत सल्लाहकारहरू तेज प्रकाश पण्डित, विपुल पोखरेल तथा केन्द्रीय समिति सदस्यहरू पोषनाथ अधिकारी, विनोद कुमार मल्ल, रवीन्द्र सिंह, जितबहादुर भण्डारी, प्रदिप पन्त, दिपेन्द्र बस्नेत र शिव देवकोटालाई स्वागत गरिएको छ।

युनियनको केन्द्रीय समितिको बैठकमा तीन वर्षे कार्यकालको समीक्षा, कार्यसमितिको पदावधि थप, शाखा, प्रदेश अधिवेश र केन्द्रीय अधिवेशनको मिति तोक्‍ने, विधान संशोधन तथा विधान सभाको आयोजना, सदस्यता शुद्धीकरण लगायतका विषयमा छलफल हुनेछ।बैठकमा युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालले केन्द्रीय महाधिवेशन जेठमा गर्ने गरी तयार गर्नु पर्ने बताएका छन् ।यस्तै आजको बैठकमा पदाधिकारीहरूले आफ्नो धारणा राख्‍नेछन् ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu