पूर्वमन्त्री शाहद्वारा १ कुन्टल ५० किलो खजुर वितरण
न्युज_सेन्टर_नेपाल,
कपिलवस्तु- नेपाल सरकारका पूर्व कृषि तथा सहकारी मन्त्री तथा नेकपा एमालेका प्रभावशाली नेता अकबाल अहमद शाहले हजरत मोहम्मद पैगम्बर सल्लल्लाहु अलैहिवसल्लमको १५०० औं जन्मजयन्ती मौलुदुन्नवी (मोहम्मद डे) को अवसरमा एक क्विन्टल ५० किलो खजुर वितरण गरेका छन् ।
धार्मिक सद्भाव र सामाजिक सेवामा सक्रिय मानिएका पूर्वमन्त्री शाहले कपिलवस्तुको विभिन्न स्थानमा पुगेर श्रद्धालुहरूलाई खजुर वितरण गरेका हुन् । उनले चन्द्रौटा क्षेत्रमा मात्रै ५० किलो खजुर वितरण गरेका थिए भने विजयनगर गाउँपालिकामा ६० किलो, कृष्णनगर नगरपालिकामा ३० किलो र शिवराज नगरपालिका–३ खरेन्द्रपुरमा १० किलो खजुर वितरण भएको छ ।
पूर्वमन्त्री शाहले“हजरत मोहम्मद पैगम्बरले देखाउनुभएको शान्ति, सद्भाव र मानवताको बाटोमा सबैले अघि बढ्नुपर्छ” भन्दै सबै मुस्लिम समुदायलाई शुभकामना व्यक्त गर्नुभयो । मोहम्मद डेको अवसरमा आयोजना गरिएको भव्य र्यालीमा समेत सहभागी शाहले स्वयम् उपस्थित भई सबैलाई खजुर वितरण गरेका थिए ।
उनको सामाजिक योगदानप्रति स्थानीयवासीहरू अत्यन्तै प्रभावित बनेका छन् । खजुर प्राप्त गरेका सहभागीहरूले “शाहज्यू सधैं समाजका लागि अगाडि रहन्छन्, हाम्रो दु:ख–सुखमा साथ दिन्छन्” भन्दै प्रशंसा गरेका थिए ।
पूर्वमन्त्री शाहले आफ्नो सार्वजनिक जीवनलाई सदैव धर्म, संस्कृति र समाजसेवामा समर्पित गर्दै आएको स्थानीय बुद्धिजीवीहरूले बताएका छन् ।
https://www.facebook.com/share/p/1Cgjjv8w9R/