Connect with us
Kapilvast Forest

स्वकीयलाई कर्मचारी बनाउन मेयर, उपमेयरको चलखेल

२०८२, ८ आश्विन बुधबारमा प्रकाशित

न्युज सेन्टर नेपाल-
कपिलवस्तु-
अन्तरिम सरकारले व्यापक खर्च कटौति गरे संगै आफन्ती भर्ना गरेका जनप्रतिनिधीहरुमा छटपटी सुरु भएको छ ।

संघिय सरकारको अर्थ मन्त्रालयले तत्काल प्रदेश सांसद, स्थानीय तहका जनप्रतिनिधीहरुको स्वकीय सचिव हटाउने निर्देशन दिए लगत्तै स्वकीयहरुलाई कर्मचारी बनाउन चलखेल सुरु भएको छ ।

बुधबारबाट लागू गर्ने गरि अर्थ मन्त्रालयले गरेको परिपत्र अनुसार जनप्रतिनिधीका स्वकीय हटाउने र स्वीकृत दरबन्दी बाहेकका कुनै करार वा ज्यालादारीमा कर्मचारी नराख्ने उल्लेख छ ।

तर कपिलवस्तुको शिवराज नगरपालिकामा जनप्रतिनिधीले स्वकीय राखेकाहरुलाई कर्मचारीमा स्थानान्तरण गर्न चलखेल सुरु गरेको श्रोतले बताएको छ । राप्रपाबाट मेयर बनेका अजय थापाले आफ्नै छिमेकी दाजु प्रेम नारायण स्वकीय नियुक्त गरेका थिए ।

एमालेबाट दोश्रो पटक उपमेयर बनेकी शिवराज नगरपालिकाकी उपप्रमुख शिवकुमारी थारुले आफ्ना दाजु रामकुमार थारुलाई स्वकीय सचिव राखेकी थिइन् ।

२०७९ वैशाखमा उपमेयरमा निर्वाचित भएपछि थारुले शिवराज १ चैनपुर बस्ने आफ्ना सहोदर दाजु रामकुमारलाई चौथो तहको सेवा सुविधा हुने गरि स्वकीय राखेकी थिइन् ।

उपमेयर शिवकुमारीले मेयर अजय थापालाई आफ्ना दाजु रामकुमार र थापाका स्वकीय प्रेम नारायण खनाललाई स्वकीयबाट पालिका भित्रका कुनै निकायमै कर्मचारीमा रुपान्तरण गर्न दबाब दिन थालेको बताइएको छ ।

नगरपालिका श्रोतका अनुसार मेयरका स्वकीय खनाललाई र उपमेयरका स्वकीय रामकुमारलाई संघिय सरकारले गरेको परिपत्र बाहेकका निकायमा गर्नका लागि प्रयास जारी छ ।

जसका लागि प्रमुख प्रशासकीय अधिकृत, योजना प्रमुख तथा लेखा अधिकृतहरु समेत लागि परेका छन् ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu