Connect with us
Kapilvast Forest

एनआईसी एशिया बैंकका ग्राहकलाई मर्क्योर होटलमा छुट, डिजिटल भुक्तानी गर्नुपर्ने

२०८२, २८ आश्विन मंगलवारमा प्रकाशित

काठमाडौं । एनआइसी एसिया बैंकका ग्राहकले काठमाडौं, सुकेधारामा रहेको मरक्युर होटलमा विशेष छुट पाउने भएका छन् । होटल र बैंकबीच भएको सम्झौताअनुसार बैंकका ग्राहकले होटेलले प्रदान गर्ने सेवामा छुट पाउने भएका हुन् ।

द्विपक्षीय समझदारीसँगै बैंकका ग्राहकले होटलको आवास सेवा लिँदा १५ प्रतिशत र खाना तथा पेयपदार्थमा १० प्रतिशत छुट पाइने बैंकले जनाएको छ । यस सुविधाको उपयोग गर्न ग्राहकले यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबाइल बैंक एपमार्फत भुक्तानी गर्नुपर्नेछ ।

होटलसँगको यस सहकार्यले ग्राहकलाई छुट सुविधा उपलब्ध हुनुको साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवर्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu