Connect with us
Kapilvast Forest

भृकुटीमण्डपमा तिहार फ्लाेरा एक्स्पाे (फाेटाेफिचर)

२०८२, २८ आश्विन मंगलवारमा प्रकाशित

काठमाडौं । नर्सरी व्यवसायी संघ नेपालले ‘तेस्रो तिहार फ्लोरा एक्स्पो २०८२’ मगलबारबाट सुरू भएकाे छ ।

भृकुटीमण्डपमा असोज २८ गतेदेखि कात्तिक १ गतेसम्म पाँच दिवसीय प्रदर्शनी ‘तिहारको उत्सव, फूलको महोत्सव’ हुने छ । संघका अध्यक्ष रामजीप्रसाद तिमिल्सिनाले मन्दीले सुस्ताएको हरित अर्थतन्त्रमा संलग्न उद्यमी तथा व्यवसायीलाई प्रोत्साहन दिन र स्वदेशी उत्पादन प्रवर्धन गर्न मेला आयोजना गरिएको बताए ।

प्रदर्शनीमा फूल फुल्ने र नफुल्ने बिरुवा, कृषि तथा वनस्पति, जडीबुटी र फलफूल नर्सरीका विविध प्रजातिका बोटबिरुवा राखिनेछन् । साथै मलखाद, अर्गानिक तथा रासायनिक विषादी, बिउ, औजार-सामग्री र प्रविधि प्रदर्शनलगायत अफिसियल स्टल गरी ७० स्टल छन् ।

पाँच दिनसम्म चल्ने एक्स्पोमा ३५ हजार बढीले अवलोकन गर्ने अपेक्षा गरिएको छ भने ७० लाखभन्दा बढीको आर्थिक कारोबार हुने अनुमान गरिएको छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu