भन्सारको सेटिङ्गमा करोडौंको राजस्व छली , तीन भारतीय ट्रेलरसहित गिरोह पक्राउ
कपिलवस्तु–
मर्यादपुर भन्सार श्रोतका अनुसार उक्त चामलको ट्रक स्थानी ब्यापारी तथा एजेन्ट हबिबुल्लाह मुसलमानले गराएको खुल्न आएको छ ।
कपिलवस्तु प्रहरीले मोटो चामल भनी मसिनो र महँगो चामल भित्राउने टेलेर नियन्त्रणमा लिएको हो ।
गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले बिल–बिजकमा उल्लेखित परिमाण र प्रकारभन्दा फरक सामग्री बोकेर नेपाल भित्र्याउन लागिएका तीनवटा भारतीय ट्रेलर पकडेको हो ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार उक्त ट्रेलरहरू मायादेवी गाउँपालिका–१, पकडीबाट नियन्त्रणमा लिइएको हो ।
चेकजाँचका क्रममा ट्रेलरमा घोषणा गरिएको भन्दा फरक, बढी परिमाण र उच्च मूल्यका चामल फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरी नायब उपरीक्षक (डीएसपी) रिपेन्द्र कुमार सिंहका अनुसार नियन्त्रणमा लिइएका हुन् ।
युपी ५१ बीटी ३९३२ : ४२,२२० केजी ‘D Wild Cake Poultry Feeds’ चामल, मूल्य रु. २६ लाख ४ हजार ८६६, एचआर ६९३२ ई ९०३९ : ४२,००० केजी बासमती चामल, मूल्य रु. ५३ लाख १८ हजार , एचआर ५८ बी ८६८७ : ४२,००० केजी ‘सोया डक’ चामल, मूल्य रु. २५ लाख ९१ हजार २९३ प्रहरीले ती तीन ट्रेलर र बरामद चामलको कुल मूल्य रु. १ करोड ८० लाख १४ हजार कायम गरेको छ।
प्रहरी उपरीक्षक (एसपी) सन्तोष आचार्यका अनुसार व्यापारीहरूले लामो समयदेखि मोटो चामलको कम भन्सार शुल्क तिरेर महँगो मसिनो चामल भित्र्याई राजस्व छली गर्दै आएको सूचनाका आधारमा कारबाही गरिएको हो ।
‘मोटो चामलको नाममा मसिनो चामल ल्याएर राजस्व छली भइरहेका थिए। सोही सूचनाका आधारमा ट्रेलर नियन्त्रणमा लिएका हौं,’ एसपी आचार्यले बताए ।
नियन्त्रणमा लिइएका चालक, ट्रेलर र बरामद चामललाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय, बुटवल पठाइएको डीएसपी सिंहले जानकारी दिएका छन् ।