रास्वपा प्रवेश गर्दै जगदीश खरेल
काठमाडौं-
सञ्चार तथा सूचना प्रविधिमन्त्रीबाट सोमबार राजीनामा दिएका जगदीश खरेल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने भएका छन्।
उनलाई दिउँसो ११ बजे पार्टी प्रवेश गराउने कार्यक्रम तय भएको नेता गणेश पराजुलीले जानकारी दिए। उनका अनुसार खरेल ललितपुर–२ बाट उमेदवार बन्न लागेका छन्। फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आज उमेदवारी मनोनयन हुँदै छ।