Connect with us
Kapilvast Forest

मनमा उत्साह बोकेर भोलि सर्लाही जाँदैछु : गगन थापा

२०८२, ११ माघ शनिबारमा प्रकाशित

काठमाडौं-

नेपाली कांग्रेसले भावी प्रधानमन्त्रीका रूपमा अघि सारेका सभापति गगन थापा भोलि (आइतबार) सर्लाही जाने भएका छन् ।उनी आइतबार आफूले प्रतिनिधिसभा निर्वाचनका लागि मनोनयन दर्ता गरेको क्षेत्र सर्लाही–४ जाने भएका हुन् ।सभापति थापाले शनिबार नयाँ बानेश्वरमा आयोजित सर्लाही–४ का युवासँगको अन्तरक्रियामा आफू जिल्ला जान लागेको जानकारी दिए ।

‘भोलि म सर्लाही जाँदैछु । पटकपटक म गएको छु, क्षेत्र नम्बर ४ मा,’ उनले भने, ‘तर, पोलिटिकल कार्यक्रममा गएको छु । यो पटक म उम्मेदवार बनेर जाँदै छु । मेरो मनमा एकदमै धेरै एक्साइटमेन्ट (उत्साह) छ ।’सभापति थापाले सर्लाही–४ का युवाको भर परेर आफूले जीवनकै अत्यन्त ठूलो राजनीतिक निर्णय लिएको पनि जिकिर गरे । ‘म जीवनको अत्यन्तै ठूलो राजनीतिक निर्णय गरेर सर्लाही–४ आएको छु, तपाईंहरूको भर परेर,’ उनले भने ।

सभापति थापाले अन्तरक्रियामा सहभागी युवालाई निर्वाचनका बेला सर्लाही गइदिन पनि आग्रह गरे । युवाको भर परेर आफू सर्लाही–४ बाट निर्वाचन लड्ने मनस्थितिमा पुगेको उनको भनाइ थियो ।

‘तपाईंहरूले इलेक्सनको बेलामा सक्ने काम गरिदिनका लागि सर्लाही आइदिनपर्छ । तपाईंको घर आइदिनपर्छ । अभिभावकलाई भनिदिनुपर्छ,’ उनले भने, ‘हाम्रो साथी, हाम्रो दाइ, हामीलाई भर गरेर आएको छ, उसलाई यो ठाउँको सांसद बनाएर पठाउनुपर्छ भनेर विश्वासका साथ तपाईंहरूले काम गरिदिनुपर्ने छ । म तपाईंहरूको भरोसा मानेर आएको छु ।’

सभापति थापालाई शुक्रबार बसेको केन्द्रीय कार्यसमिति बैठकले भावी प्रधानमन्त्री घोषणा गरेर निर्वाचनमा जाने निर्णय गरेको थियो ।उपसभापति विश्वप्रकाश शर्माले अर्का उपसभापति पुष्पा भुसालको समर्थनमा राखेको उक्त प्रस्ताव बैठकले सर्वसम्मत पारित गरेको थियो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu