Connect with us
Kapilvast Forest

पालिका अध्यक्ष चौधरी माथि बलात्कार मुद्दा दर्ता

२०८२, १५ चैत्र आईतवारमा प्रकाशित

कपिलवस्तु
कपिलवस्तुको शुद्धोधन गाउँपालिका अध्यक्ष कमलेश शरण चौधरीमाथि सामूहिक बलात्कारको मुद्दा दर्ता भएको छ । लामो समयदेखि राजनीतिक पहुँच र दबाबका कारण विवादमा तानिँदै आएका चौधरीविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीले आज मुद्दा दर्ता गरेको हो । नाम परिर्वतित भैरहवा १५ लाई अध्यक्ष चौधरीले सामुहिक बलात्कार गरेको मुद्दा दर्ता भएको हो ।
मुदा दर्तासगैं गाउँपालिका अध्यक्ष चौधरीको पद धरापमा परेको छ ।
सरकारी वकिल कार्यालयले राजेश्वर चौधरी र कमलेशरण चौधरी विरुद्ध र सन्त कुमार यादवलाई सामूहिक बलात्कार मुद्दा दर्ता गरेको छ । यसै मुद्दामा संलग्न रहेको आरोपमा सन्त कुमार यादव  भने हाल पूर्वपक्ष (थुनछेक) का लागि रूपन्देही कारागारमा छन् ।

पीडित पक्षका अनुसार, भैरहवा–१५ युवतीले २०८१ असोज ६ गते सामूहिक बलात्कार घटनामा चौधरीहरू र यादवको संलग्नता रहेको भन्दै किटानी जाहेरी दिएकी थिइन् ।

तर तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, ले सामुहिक बलात्कारको दोषीहरुलाई संरक्षण गरेको आरोप छ । आरोपिहरु सत्तारूढ दल सँग निकटता रहेका कारण केही आरोपितको नाम नै हटाएर सीमित व्यक्तिविरुद्ध मात्र मुद्दा दर्ता गरिएको आरोप छ ।

नेकपा एमालेका नेता तथा लुम्बिनी प्रदेश सभा सदस्य मधुसुदन शरण चौधरीका सहोदर भाई रहेका कमलेश शरण चौधनलाई जोगाउन एमाले नेता तथा प्रदेश सांसद विष्नु पन्थी, तत्कालिन सरकारका महान्यायाधिवक्ताको समेत दबाब रहेको पीडित परिवारले गुनासो गर्दै आएका थिए ।

यसै घटना पत्रकार सम्मेलन गरि पीडितको गोपनीयता भंग गरेको आरोपमा कमलेशरण चौधरी यसअघि साइबर क्राइम मुद्दामा पक्राउ समेत परेका थिए । तर तत्कालीन सरकारी वलिक कार्यालयले महान्यायधिवक्ताको दबावमा मुद्द नचलाउने निर्णय गरि उन्मुक्ति दिएका थिए ।

पुरक जाहेरीमा इलाका प्रहरी कार्यालय बुटवलले मुद्दा दर्ता नगरेको भने पीडित युवतीले जिल्ला अदालतमा रिट दायर गरेपछि अदालतले इप्रका बुटवललाई मुद्दा अघि बढाउन निर्देशन दिएको थियो ।
निर्देशन पछी भएको शुक्ष्मअनुसन्धानबाट पालिका अध्यक्ष चौधरीको सामुहिक बलात्कार घटनामा संलग्न भएको बालियो प्रमाण तथा आधारहरु भेटिएका थिए ।
सोहि प्रमाणका आधारमा सरकारी वलिक कार्यालय रुपन्देहीले आज मुद्दा दर्ता गरेको हो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu