काठमाडौंका पूर्वसिडिओ छवि रिजाल पक्राउ
काठमाडौं । काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन्।
मंगलबार बिहान काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयलको टोलीले उनलाई पक्राउ गरेको हो।
उनलाई सुविधानगरस्थित निवासबाटै पक्राउ गरिएको हो।
भदौ २३ र २४ गते जेनजी आन्दोलन हुँदा रिजाल काठमाडौंका प्रमुख जिल्ला अधिकारी थिए। जेनजी आन्दोलन जाँचबुझ आयोगको सिफारिस अनुसार अनुसन्धान गर्न उनलाई पक्राउ गरिएको हो। यसअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखक पक्राउ परिसकेका छन्।