Connect with us
Kapilvast Forest

कपिलवस्तुमा १४ किलो चरेश सहित ४ पक्राउ

२०८३, ९ बैशाख बुधबारमा प्रकाशित

न्युजसेन्टर नेपाल-
कपिलवस्तु प्रहरीले कृष्णनगर सीमानाबाट १४ किलो चरेश सहित ४ जनालाई पक्राउ गरेको छ ।

मंगलबार बेलुकी ६ बजे कृष्णनगरबाट भारत जादै गरेका शंकाश्पद ४ जनालाई चेकजाच गर्दा उनीहरूबाट चरेश बरामद भएको हो ।

विशेष सुराकीको आधारमा दिउसो देखि नै सीमा क्षेत्रमा कृष्णनगर प्रहरीले सादा पोशाकका प्रहरी परिचालन गरेको थियो । पक्राउ पर्नेमा ३ महिला र १ पुरूष रहेको र उनीहरूले कम्मरमा पेटि बनाएर चरेश भारत तर्फ लैजादै गरेका थिए ।

पक्राउ चारैजना भरिया मात्र रहेको प्रारम्भिक अनुसन्धान बाट खुलेको कपिलवस्तु प्रहरीले जनाएको छ ।

थप केहि व्यक्ति पक्राउ प्रकृया तथा अनुसन्धान कार्य जारी रहेकोले उनीहरूको नाम तथा ठेगाना गोप्य राखिएको प्रहरी उपरिक्षक सन्तोष आचार्यले जानकारी दिए

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu