Connect with us
Kapilvast Forest

तम्घासमा गुल्मी महोत्सव

२०८३, ११ बैशाख शुक्रबारमा प्रकाशित

गुल्मी । कृषि पर्यटन र उद्योगको व्यापार प्रर्वद्धन गर्न भन्दै गुल्मीको सदरमुकाम तम्घासमा पाँचौँ गुल्मी महोत्सव सुरु भएको छ ।

‘जिल्लाको सम्पन्नता र समृद्धिको निकासः शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनमा आधारित व्यापारको विकास’ भन्ने मूल नारासहित गुल्मी उद्योग वाणिज्य सङ्घको आयोजनामा आजदेखि महोत्सव सुरु भएको हो ।

गुल्मी उद्योग वाणिज्य संघको आयोजनाममा सुरु भएको महोत्सवमा ३०० वटा व्यापारिक स्टल रहेका छन्। महोत्सवमा झण्डै डेढ लाख दर्शक भित्र्याउने लक्ष्यसहित ३० करोड बराबरको कारोबार गर्ने अपेक्षा आयोजकले गरेको छ ।

महोत्सवमा जलपरी, विभिन्न प्रकारका मनोरञ्जनात्मक पिङ, खेलकुद सामग्री तथा बालबालिकादेखि सबै उमेर समूहका लागि आकर्षक मनोरञ्जनका साधनहरू राखिने भएको छ । साथै राष्ट्रिय तथा स्थानीय कलाकारहरूको सांगीतिक प्रस्तुति रहने आयोजकले जनाएको छ ।

महोत्सव वैशाख २३ गतेसम्म चल्ने छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu