Connect with us
Kapilvast Forest

पोखराबाट भारतका लागि पहिलो उडान

२०८३, ५ जेष्ठ मंगलवारमा प्रकाशित

काठमाडौं — पोखरास्थित अन्तराष्ट्रिय विमानस्थलबाट मंगलबार पहिलोपटक भारतको भोपाल लागि मेडिकल रेस्क्यू चार्टर उडान गरिएको छ । उक्त उडान भारतको राजा भोज विमानस्थलका लागि गरिएको हो ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार मुक्तिनाथ तीर्थयात्राका क्रममा बिरामी परेका भारतीय नागरिक शम्भु दयाल श्रीवास्तवलाई थप उपचारका लागि विशेष चार्टर उडानमार्फत भोपाल पठाइएको हो ।

भोपालबाट तीर्थयात्राका लागि नेपाल आएका श्रीवास्तव मुक्तिनाथ क्षेत्रबाट फर्किदा बिरामी भएपछि उनलाई जोमसोमबाट उद्धार गरी पोखरास्थित चरक मेमोरियल अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालमा ५ दिन उपचारपछि थप उपचारका लागि परिवारले जहाज चार्टर गरेको विमानस्थलले जनाएको छ ।

चार्टर उडानमा बिरामीका दुई छोरा, चरक अस्पतालका चिकित्सक र नर्ससहित तीनजना स्वास्थ्यकर्मी सहभागी रहेका छन् । उक्त विमान मंगलबार काठमाडौंबाट पोखरा आएको थियो । बिरामीलाई भोपाल पुर्‍याएपछि विमान पुनः पोखरा फर्किने छ ।

‘पोखराबाट भारतका लागि यो पहिलो डिपार्चर चार्टर उडान हो,’ महाप्रबन्धक निरौलाले भने, ‘यसअघि भारतको दिल्ली हुँदै एउटा विदेशी चार्टर उडान पोखरा आएको थियो, तर फर्किने उडान बंगलादेश गएको थियो ।’ उनका अनुसार यसअघि पोखराबाट चीनको ल्हासा/छेन्दू , भुटान र सिंगापुरबाट चार्टर तथा विशेष उडान भइसकेका छन् ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu