Connect with us
Kapilvast Forest

कपिलवस्तुमा ४ सय ४१ सवारी साधन चेकजाँच

२०८३, ७ जेष्ठ बिहीबारमा प्रकाशित

न्युजसेन्टर नेपाल-
कपिलवस्तु प्रहरीले जिल्लाका विभिन्न स्थानमा रातिको समयमा विशेष सवारी साधन चेकजाँच अभियान सञ्चालन गरेको छ । मदिरा सेवन गरी सवारी चलाउँदा दुर्घटनाका घटना बढ्न थालेपछि जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले अभियान सञ्चालन गरेको हो ।
प्रहरीका अनुसार बुधबार राति शिवराज नगरपालिका–५ चन्द्रौटा, पिपरा चोक र पकडी क्षेत्रमा चेकजाँच गरिएको थियो ।

राति ८ बजेदेखि बिहान ५ बजेसम्म सञ्चालन गरिएको अभियानमा ४ सय ४१ वटा सवारी साधन चेकजाँच गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक रिपेन्द्र कुमार सिंहले जानकारी दिनुभयो ।

चेकजाँचका क्रममा ट्राफिक नियम उल्लङ्घन गर्ने १५ वटा सवारी साधनलाई सवारी तथा यातायात ऐन २०४९ बमोजिम कारवाही गरिएको प्रहरीले जनाएको छ । साथै सवारी चालकहरुलाई सवारी दुर्घटना तथा ट्राफिक नियम सम्बन्धी सम्झाई–बुझाई गरिएको व्यहोरा समेत प्रहरीले जनाएको छ ।

मादक पदार्थ सेवन गरी सवारी साधन नचलाउन तथा ट्राफिक नियमको पूर्ण पालना गरी सुरक्षित रूपमा सवारी साधन सञ्चालन गर्न चालकहरुलाई अनुरोध गरिएको प्रहरीको भनाइ छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले ट्राफिक नियमको पालना गरेर सुरक्षित यात्रा गर्न सबैमा आग्रह गरेको छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu