भिरबाट लडेर दुई जनाको मृत्यु
बाजुरा । बाजुराको बडीमालिका नगरपालिकामा भिरबाट लडेर आइतबार दुई जनाको मृत्यु भएको छ ।
वनमा घाँस काट्न गएका बेला भिरबाट लडेर बडीमालिका नगरपालिका–१ पाटाका ६० वर्षीय मानबहादुर दानीको मृत्यु भएको हो ।
यस्तै, बडीमालिका–६ कोर्धका बलबहादुर खड्काकी छोरी छ वर्षीया जसना खड्काको पनि भिरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ । उनी वनमा आमासँग घाँस काट्न गएका बेला भिरबाट चिप्लिएर ज्यान भएको हो ।