Connect with us
Kapilvast Forest

पर्वतमा जिप दुर्घटनामा वडासदस्यको मृत्यु, दुई घाइते

२०८३, १९ जेष्ठ मंगलवारमा प्रकाशित

पर्वत, । पर्वतको कुश्मा नगरपालिका–१४ आर्थरडाँडाखर्कमा गएराति जिप दुर्घटना हुदाँ वडा सदस्यको मृत्यु भएको छ ।

आर्थरडाँडाखर्कस्थित वडा कार्यालयबाट चरीपानीतर्फ जाँदै गरेको ग१ज ५८६५ नम्बरको जिप अँधेरीनेटामा दुर्घटना हुँदा वडासदस्य ५२ वर्षीय केशवराज पौडेलको निधन भएको भएको प्रहरीले जनाएको छ ।

जिप सडकबाट करिब पाँच सय मिटर तल खसेको थियो ।

दुर्घटनामा २७ वर्षीय जिप चालक बुद्धिसागर पौडेल र ४६ वर्षीय राजेन्द्र पौडेल घाइते भएका छन् । दुवै जनाको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu