Connect with us
Kapilvast Forest

सशस्त्र प्रहरीद्धारा तस्करसंग पैसा उठाउन बिचौलिया प्रयोग

२०८३, १९ जेष्ठ मंगलवारमा प्रकाशित

न्युजसेन्टर नेपाल-
कपिलवस्तु- सीमा क्षेत्रमा सर्वसाधारणको २ किलो केरा समेत जफत गर्ने सशस्त्र प्रहरीले तस्कर संग रकम उठाउन विचौलिया प्रयोग गर्ने गरेको खुलेको छ ।
सशस्त्र प्रहरी सीमा सुरक्षा बल २८ नम्बर हेक्वा अन्र्तगतको विओपी हथिहवा दोहनीले तस्कर समूह तथा झोले पोके संग दैनिकि रकम उठाउन बिचौलिया प्रयोग गरेका हुन् ।

सशस्त्र प्रहरी पोष्टकै अगाडी खुद्रा पसल चलाइरहेका शिवलवाका विशाल जैसवाल तथा राजेश गुप्तालाई सीमा चेकपोष्टमा खटिएका शशस्त्र प्रहरीले रकम संकलन गराउने गरेका थिए ।

मंगलबार धानको बीउ ल्याउदै गरेका किसान संग खुद्रा पसलमा रकम बुझाउन लगाएपछि स्थानीय तथा शशस्त्र प्रहरी बिच विवाद सिर्जना भएको थियो । लगत्तै स्थानीयले बेलुकी ५ बजे शशस्त्र प्रहरीको रकम उठाउदै आएका दुबै जनालाई रकम सहित नियन्त्रणमा लिई प्रहरी चौकी हथिहवा दोहनीमा बुझाएका छन् ।

सीमा सुरक्षा, सीमा क्षेत्रमा हुने अपराधिक गतिविधि नियन्त्रण गर्न तथा राजस्व चुहावट रोक्न खटाइएका शशस्त्र प्रहरीले सीमा क्षेत्रमा हुने तस्करीलाई प्रश्रय दिइरहेको भन्दै केहि दिन यता स्थानीय संग विवाद समेत हुदै आइरहेको छ ।

शशस्त्र प्रहरी विओपी हथिहवाका सशस्त्र प्रहरी निरिक्षक विरेन्द्र चन्दले तस्कर संग मिलेर रातभरी तस्करी गराउने र दिउसो २ किलो धानको बीउ ल्याउने सर्वसाधारणलाई सास्ती दिने गरेको आरोप स्थानीयबासीहरुको छ ।

सशस्त्र प्रहरीको पैसा उठाउने आरोप लागेका स्थानीय विशाल जैसवाल तथा राजेश गुप्ताले समेत आफुहरुलाई शशस्त्र प्रहरीले नै रकम उठाउन, राख्न लगाउने र राती हिसाब गरेर लैजाने गरेको भिडियो बयानमै स्वीकारेका छन् ।

यति मात्र नभई शशस्त्र प्रहरी निरिक्षक विरेन्द्र चन्दले प्रयोग गर्ने प्रदेश ३ ०२ ००१ब ३०४ नम्बरको सरकारी मोटरसाइकल समेत सीमापारी रहेको भगवानपुर बजार लगेर त्यहि तस्करहरु संग बस्ने गरेको स्थानीयको आरोप छ ।

उनको उक्त मोटरसाइकल मंगलबार दिउसो शिवलवा सीमा वारी पारी दुबै ठाँउमा पसल भएको गणेश गुप्ताको गुप्ता इलेक्ट्रोनिक तथा किराना पसलमा रोकिएको थियो । उनै गुप्ताको नेपाल स्थित पसलबाट सोमबार नेपाल प्रहरीको टोलीले ६ क्वीन्टल चिनी सहित ८१ हजारको भारतीय धानको बीउ बरामद गरेको थियो ।

रातीको समयमा मोटरसाइकल तथा साइकलबाट तस्करी हुदा समेत चौबिसै घण्टा ड्युटीमा रहेका शशस्त्र प्रहरीले भने पक्राउ नगर्नु आफैमा मिलेमतोको आरोप पुष्ट्याइलाई बल मिलेको देखिन्छ । स्थानीयले प्रहरी बुझाएको प्रहरीलाई बुझाएका दुवै जनालाई सोधपुछ गरी परिवारको जिम्मा लगाएको छ ।

भिडियो https://www.facebook.com/share/v/1CTrrzma7R/

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu