Connect with us
Kapilvast Forest

काठमाडौँबाट भैरहवातर्फ आउँदै गरेको बस दुर्घटना, ७ जना घाइते

२०८३, २५ जेष्ठ सोमबारमा प्रकाशित

नवलपरासी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (पश्चिम) को बर्दघाट नगरपालिका ४ तारेभिरमा बस र ट्रक ठोक्किँदा ७ जना यात्रु घाइते भएका छन् ।

सोमबार बिहान करिब ६ बजे काठमाडौँबाट भैरहवातर्फ आउँदै गरेको लु २ ख ६८२३ नम्बरको बस अचानक ब्रेक फेल भई अगाडि गुडिरहेको लु २ ख ९४९ नम्बरको ट्रकलाई पछाडिबाट ठक्कर दिएको थियो ।

ठक्करपछि बस सडकको बायाँतर्फ रहेको नालीमा गई दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएको छ।दुर्घटनामा बसमा सवार ७ जना यात्रु घाइते भएका छन् । घाइतेमध्ये दाङ तुल्सीपुर २ का १८ वर्षीया अनिसा न्यौपानेको बायाँ खुट्टा भाँचिएको छ भने अन्य ६ जनाको मुख, नाक तथा निधारमा सामान्य चोट लागेको छ ।

सबै घाइतेहरूको चिसापानी अस्पताल बर्दघाटमा उपचार भइरहेको छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu