Connect with us
Kapilvast Forest

अमेरिकालाई ४–१ गोलले हराउँदै बेल्जियम क्वार्टरफाइनलमा

२०८३, २३ असार मंगलवारमा प्रकाशित

काठमाडौ । फिफा विश्वकप फुटबल २०२६ मा बेल्जियम क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज बिहान अमेरिकाको सियाटल स्टेडियममा सम्पन्न अन्तिम १६ अन्तर्गतको खेलमा घरेलु टोली अमेरिका लाई ४–१ गोलले हराउँदै बेल्जियम अन्तिम ८ मा पुगेको हो ।

बेल्जियमका लागि चाल्स डे केटलारेले खेलको नवौँ र ३३औँ तथा हान्स भानाकेनले ५८औँ मिनेटमा गोल गर्दा रोमेलु लुकाकुले इन्जुरी समयको तेस्रो मिनेटमा गोल गरेका थिए ।

यस्तै, अमेरिकाका मालिक टिलम्यानले ३१औँ मिनेटमा गोल फर्काएका थिए ।

यो जितसँगै बेल्जियमले अब क्वार्टरफाइलनमा स्पेनसँग खेल्नेछ । आयोजक राष्ट्र अमेरिका भने प्रतियोगिताबाट बाहिरिएको छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu