Connect with us
Kapilvast Forest

बस दुर्घटना, पाँच जना घाइते

२०८३, २४ असार बुधबारमा प्रकाशित

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिकामा यात्रुबाहक बस दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्।

गए राति मनहरी गाउँपालिका–७ रमनटारस्थित पूर्व–पश्चिम राजमार्गमा वीरगन्जबाट लमजुङतर्फ जाँदै गरेको ना ५ ख ५३१९ नम्बरको यात्रुबाहक बस दुर्घटना भएको थियो । बसको स्टेयरिङको टाइ–रड भाँचिएपछि बस अनियन्त्रित भई पल्टिएको प्रहरीले जनाएको छ ।

बसमा चालकसहित १६ जना सवार थिए। दुर्घटनामा पाँच जना घाइते भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा बस चालक सर्लाहीका ३९ वर्षीय भीमबहादुर विक, चितवनको भरतपुर महानगरपालिका–४ का ३० वर्षीय सञ्जय तामाङ, पर्साको परवानीपुर गाउँपालिका–३ का ५४ वर्षीय मोहम्मद आजाद, बाराको देवताल गाउँपालिका–१ का २३ वर्षीय राजकुमार राम तथा भारतको मोतिहारीका २५ वर्षीय सुधीरकुमार घाइते भएका छन् ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu