Connect with us
Kapilvast Forest

जिप दुर्घटना, २ जनाको मृत्यु

२०८३, २ श्रावण शनिबारमा प्रकाशित

बैतडी । भीमदत्त राजमार्ग अन्तरगत पर्ने डडेल्धुराको अमरगडी नगरपालिका-७ खर्स्याखानमा जिप दुर्घटना भएको छ । दुर्घटनामा २ जनाको मृत्यु भएको छ ।

धनगढी बाट दार्चुला तर्फ जाँदै गरेको सु।प।प्र ०१ – ००१ ज १८५० नम्बरको बोलेरो जीप बिहान २ बजे दुर्घटना भएको हो । दुर्घटनामा चालकसहित ३ जना घाइते भएका छन् ।

दुर्घटनामा परी मृत्यु हुनेमा दार्चुलाको अपिहिमाल गाउँपालिका -१ का सुगन लोथ्याल र सोही ठाउका हनु लोथ्याल रहेको प्रहरीले जनाएको छ ।

यस्तै दार्चुलाको मार्मा गाउँपालिकाका ५० वर्षीय अमरसिंह ठगुन्ना र अपिहिमाल गाउँपालिका-१ का वर्ष ३५ वर्षीय सरस्वती लोथ्याल रहेका छन् ।

यसैगरी जिप चालक बैतडीको डिलासैनी गाउँपालिका-२ का अमृत घरेडी पनि घाइते छन् । घाइते तीनै जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ ।

जिप सडकबाट करिब ४ सय मिटर तल खसेको थियो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu