Connect with us
Kapilvast Forest

ग्लोबल डेरीको दहिमा दिशाको जीवाणु, उत्पादनकर्ता जोगाउन खाद्यकै संरक्षण

२०८३, ६ आश्विन मंगलवारमा प्रकाशित

न्युज सेन्टर नेपाल-
बुद्धभूमी ब्राण्डका दुग्धजन्य पर्दाथ उत्पादन गर्दै आइरहेको ग्लोबल डेरीको दहिमा दिशाका जीवाणु भेटिएका छन् । बाणगंगाको मायादेवी रिर्सोटको एक कार्यक्रमको भोजमा प्रयोग गरिएको ग्लोबल डेरीको दहीमा टोटल कोलिफर्म भेटिएको हो ।

गत साउन १० गते उक्त भोजमा दहि सेवन गरेका ४० जना गम्भीर विरामी परेका थिए । लगत्तै प्रशासनले खाद्य निरिक्षक सहितको अनुगमनमा दहि तथा स्वीटकर्नको नमूना जाँच गराएका थिए । उक्त जाँचमा दहिमा प्रतिएमएल ३ सय (मानिसको दिसामा पाइने जीवाणु) कोलीफर्म फेला परेको थियो । यसै गरि उक्त दहिमा खाद्यले तोकेका भन्दा अत्याधिक मात्रामा इस्ट र मल्ड (ढुसी) पाइएको थियो ।

उ्क्त दहि मायादेवी रिर्सोटले स्थानीय ग्लोबल डेरीको विक्रेता पुष्पाञ्जली डेरीबाट विहान ८ बजे खरिद गरि लगेको थियो । डेरी संचालक पुष्पा घिमिरेले ग्लोबल डेरीको गाडीमा आएको बाल्टीको दहि खरिद गरि त्यसैबाट मायादेवी रिर्सोट र अन्य होटलमा विक्री गरेको बताएकी छिन् ।

दुषित खाना खुवाएर विरामी बनाएको भन्दै १६ जना पीडितहरुले रिर्सोट संचालक विरुद्ध उजुरी दिएपछि खाद्य प्रविधि गुण नियन्त्रण डिभिजन कपिलवस्तुले सरकारी वकिल कार्यालय मार्फत अनुसन्धान गरि कपिलवस्तु जिल्ला अदालतमा भदौ १५ गते मुद्धा दर्ता गरेको थियो ।

अदालतले होटल संचालक दिपेन्द्र श्रेष्ठलाई १६ गते दुषित खाद्य पदार्थ विक्री वितरण सम्बन्धी कसुरमा ५० हजार धरौटीमा छाडेको छ । धरौटीमा छुटेका श्रेष्ठले पटक–पटक आफुले बाहिबाट किनेर ल्याएको दहि जस्ताको त्यस्तै विक्री गरेको हुदा आफु भन्दा पनि उत्पादनकर्ता दोषी हुनुपर्ने माग राख्दै आएका थिए ।

ग्लोबल डेरीकै कोलीफर्मयुक्त दहिबाट होटलमा खान आएकाहरु विरामी परेको ल्याब प्रमाणित समेत भईसक्दा समेत उनीहरु कतै पनि अनुसन्धानको घेरामा नपर्नु, खाद्यले अनुगमन, जरिवाना वा चेतावनी समेत नदिनुले ग्लोबल डेरीलाई उन्मुक्ति दिन खोजिएको आशंका पीडित विरामी तथा होटल संचालकहरुको छ ।
मुद्धाको अनुसन्धान अधिकृत समेत रहेका खाद्य डिभिजन कपिलवस्तुका खाद्य निरिक्षण अधिकारी राजेन्द्र सिंह लोधको अनुसन्धान प्रतिवेदन तथा अदालतमा पेश गरेको अभियोग पत्रमा समेत ग्लोबल डेरी सम्बन्धी कुनैपनि अनुगमन, अनुसन्धान, वा बयान गराइएको कागजात पेश गरिएको छैन ।

बाणगंगा स्थित पुष्पाञ्जली डेरी संचालक पुष्पा घिमिरेले प्रष्ट रुपमै ग्लोबल डेरीबाट बाल्टीमा राखेर ल्याइएकाे दहि आफुले रिर्सोटमा विक्री गरेको बयान अनुसन्धानका क्रममा दिएकी छिन । यसै गरि रिर्सोटबाट लिइएको दहिको नमूना जाँचको रिर्पोटले पनि दहिमै अत्याधिक कोलीफर्म रहेको ढुसी अत्याधिक पाइएको र तोकिए भन्दा बढि इस्ट प्रयोग गरिएको प्रष्ट पारेको छ । तर खाद्य निरिक्षण अधिकारी लोध र ग्लोबल डेरीका संचालक थानेश्वर न्यौपाने बिच राम्रो सम्बन्ध रहेको र केहि प्रभावमा परेको कारण उनलाई उक्त घटनामा उन्मुक्ति दिइएको हुनसक्ने बताइन्छ ।

दुषित दुग्धजन्य पर्दाथ विक्री वितरण गरेकै कारण आफुहरु विरामी परेको तर होटल संचालकलाई मात्र कारवाही अघि बढाइएको भन्दै विरामीहरुले विरोध जनाएका छन् । बाणगंगाका कृष्ण पौडेले दहि उत्पादक कम्पनीलाई पनि प्रतिवादी बनाई अनुसन्धानको दायरामा ल्याउन माग गरेका छन् । “के कति कारणले ग्लोबल डेरीलाई छाडियो, किन अनुसन्धान गरिएन, किन बयान सम्म लिइएन, यसमा मिलेमतोको आशंका प्रष्ट देखियो, तत्काल गल्ती सच्याइयोस” पौडेलले भने ।

खाद्य प्रविधि गुण नियन्त्रण विभागले खाद्य तथा दाना पदार्थहरुको अनविार्य गुणस्तर मापदण्ड २०८२ मा दहिमा शून्य कोलीफर्म हुनुपर्ने उल्लेख गरिएको छ ।

ग्लोबल डेरीबाट उत्पदित बुद्धभूमी मोही, दहि तथा दुग्धजन्य पदार्थको गुणस्तरलाई लिएर यस अघि पनि पटक पटक उपभोक्ताले प्रश्न उठाउदै आएका छन् । तर खाद्य प्रविधि गुणस्तर डिभिजन कार्यालय भने उपभोक्ता भन्दा पनि विक्रेता तर्फ बढि जिम्मेवार बन्दै गएको आरोप छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu