Connect with us
Kapilvast Forest

शिवराजमा अप्रेसन भवनकाे शिलान्यास

२०७६, २८ मंसिर शनिबारमा प्रकाशित

अजय मिश्र ,कपिलवस्तु । जिल्लाकाे शिवराज अस्पताल बहादुरगंजमा अप्रेसन भवनकाे शिलान्यास गरिएकाे छ ।

कृष्णनगर नगरपालिकाकाे शिवराज अस्पताल बहादुरगंजमा पचास लाखकाे लागतमा अप्रेसन भवन निर्माण हुने भएकाे छ । जिल्लाका कृष्णनगर लगायत चार स्थानिय तहका लगभग दुई सय गाउंका सर्वसाधारणलाई प्रत्यक्ष रुपले स्वास्थ्य सेवा दिदै अाएकाे शिवराज अस्पतालमा सुविधा सम्पन्न अप्रेसन भवन निर्माणले जिल्लाकाे पश्चिम मै नमुना अस्पताल बनेकाे नगरप्रमुख रजत प्रताप शाहले बताउनुभयो ।

एक्स-रे , इसिजी, अल्ट्रासाउन्ड ,फार्मेसी , ईण्डाेर , अाेपीडी जस्ता स्वास्थ सुविधा दिदै गरेकाे यस अस्पतालले अब महिला प्रसुति , हर्निया , बवासिर लगायतका शल्यक्रिया व्यवस्थापन भएपछि थप जिम्मेवार भई सेवा दिने अवसर मिलेकाे कमु.मेडिकल सुपरिटेन्डेन्ट बेद कुमार चाैधरी बताउनुभयाे । शिवराज अस्पताल स्वास्थ बिमामा पनि जिल्लामै अव्वल भएकाले अान्तरिक स्राेत बढ्नुका साथै कर्मचारी व्यवस्थापन तथा थप सेवाहरु बढाउदै लग्ने नगर कार्यवाहक प्रतिनिधि निर्भय सिंहले बताए । अहिले अस्पतालमा दिनहुं तीन सय देखि पांच सय बिरामी अाउने गरेकाे सिंहले जानकारी दिएका छन ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu