Connect with us
Kapilvast Forest

पुस १ लाई किन मानिन्छ कालो दिन ?

२०७६, १ पुष मंगलवारमा प्रकाशित

काठमाडौं । प्रथम जननिर्वाचित सरकारलाई अपदस्थ गरिएको दिनको सम्झनामा आज पनि देशभरी कालो दिवस मनाउन लागिएको छ ।
विसं २०१७ पुस १ गते पहिलो निर्वाचित प्रधानमन्त्री बिपी कोइरालालगायतका नेतालाई सेनाको बलमा बन्दी बनाई तत्कालीन राजा महेन्द्रले पञ्चायती शासन व्यवस्था लागु गरेको विरोधमा कालोदिवस मनाउने गरिएको हो ।

नेपाल तरुण दलको कार्यक्रममा सहभागी भएका बेला तत्कालिन प्रधानमन्त्री बिपीलगायतका नेतालाई त्यहीँबाट गिरफ्तार गरी तीन महिना सिंहदरबार र त्यसपछि सुन्दरीजलमा बन्दी बनाइएको थियो ।
सुन्दरीजलस्थित नेपाली सेनाको आर्सनलका हाकिमको आवासमा पर्खालले घेरी बिपीसँगै तत्कालीन सभामुख कृष्णप्रसाद भट्टराई, मन्त्री एवं पार्टी नेताहरु गणेशमान सिंह, सूर्यप्रसाद उपाध्याय, दिवानसिंह राई, रामनारायण मिश्र, योगेन्द्रमान शेरचनलगायतलाई सुन्दरीजल बन्दीगृहमा थुनिएको थियो ।

यही जेलपछि सुन्दरीजल बन्दी गृहका नामले चिनियो । यहीँ बसेर बिपीले ‘दोषी चश्मा’ कथा संग्रह बाहेकका साहित्यको रचना गर्नु भएको हो । ‘दोषी चश्मा’ कथा संग्र्रह भने विसं २००८ मै प्रकाशन भइसकेको थियो ।

नेपाली काँग्रेस, नेपाल तरुण दल लगायतले हरेक बर्षको पुस १ गतेलाई प्रजातन्त्रमाथि प्रहार भएको दिनको संझना गरेर कालो दिवसका रुपमा मनाउँदै आएका छन् ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu