Connect with us
Kapilvast Forest

‘घरघरमा झण्डा, हातहातमा अण्डा’

२०७६, १० पुष बिहीबारमा प्रकाशित

mother

 

जाजरकोट । गर्भवतीलाई पोसिलो खाना र पहिचान गराउनको लागि घरघरमा झण्डा गाडिने भएको छ । जाजरकोटको नलगाइ नगरपालिकाले प्रत्येक वडामा रहेका गर्भवतीलाई पहिचान गरी पोषिला खानेकुरासहित घरघरमा झण्डा गाडेर सहयोग गर्ने भएको हो ।

नगरपालिकाभित्र रहेका ४५५ महिलाको घरमा झण्डा गाढ्ने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र सिंहले जानकारी दिए । गर्भवती तथा सुत्केरीलाई स्वास्थ्य अवस्था सुधार निरोगी बनाउनको लागि अण्डा उपलब्ध गराइने भएको छ ।

त्यस्तै स्थानीय जातको तोरीको तेल , एक जोडा कुखुराको भाले, पोथीसमेत गर्भवती तथा सुत्केरीलाई उपलब्ध गराउन लागिएको छ । गरिब, दलित, जनजाति र नियमित स्वास्थ्य जाँच गरेका महिलालाई मात्र यस्तो सुविधा उलक्ध गराइने सिंहले जानकारी दिए । कारोबार दैनिकमा प्रकाशित छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu