Connect with us
Kapilvast Forest

सातै प्रदेशका गृहमन्त्री विराटनगरमा

२०७६, १२ पुष शनिबारमा प्रकाशित

विराटनगर : संघीय प्रहरी कानून निर्माण र सुरक्षा संवेदनशिलताका विषयमा सात वटै प्रदेशका गृहमन्त्री सम्मिलित बैठक विराटनगरमा सुरु भएको छ। शनिबार विराटनगरमा आयोजित बैठकमा सहभागी बन्न सातै प्रदेशका मन्त्री, सचिव र न्यायाधिवक्ता शुक्रबारनै विराटनगर आएका थिए।

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको उपस्थितमा शनिबार विहानबाट छलफल सुरु भएको छ। प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले छलफलमा हालसम्म बनाइएका कानून, तिनको कार्यान्वयन र अनुभव आदान प्रदान हुने उद्धघाटन कार्यक्रममा बताए। उनका अनुसार संघीय संसदले पारित गरेको संघीय प्रहरी कानूनका विषयमा पनि छलफल हुनेछ।

यस अघि प्रदेश ३ का आन्तरिक मामिला तथा कानुनमन्त्रीको अगुवाईमा हेटौंडामा सातवटै प्रदेशका मन्त्रीहरुको छलफल भएको थियो। शनिबार विहानबाट भएको छलफलको निष्कर्ष दिउँसो पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्ने तयारी छ।

शनिबारको छलफल सबै प्रदेशमा संघीय प्रहरी कानुन नबाझिने गरी कसरी बनाउन सकिन्छ भन्ने विषयमा केन्द्रित रहने बताइएको छ। यस अघि प्रदेश २ सरकारले बनाएको प्रदेश प्रहरी सम्बन्धी कानुन संघीय प्रहरी ऐन नहुँदा कार्यान्वयनमा आउन सकेको थिएन।

प्रदेश ५ ले बनाएको संघ संस्था दर्ता सम्बन्धी कानून संघीय गृहमन्त्रायको निर्देशनपछि लागू नहुने अवस्थामा पुगेको थियो।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu