Connect with us
Kapilvast Forest

पैसा नभएको खाताको चेक काट्ने खड्का पक्राउ

२०७७, २० फाल्गुन बिहीबारमा प्रकाशित

काठमाडौं-विभिन्न मितिमा खाली चेक काटेर ठगी गर्ने ललितपुर महानगरपालिका १४ तिखिदेवल बस्ने चितवन रत्ननगर नगरपालिका १३ दयानगर घर भएका ४४ वर्षीय तेज बहादुर खड्कालाई प्रहरीले पक्राउ गरेको छ । बैंकिङ कसूर मुद्दाका प्रतिवादी खड्का एक वर्ष देखि फरार रहेका थिए ।

उच्च अदालत पाटनको २०७६ असार २३ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा ५ दिन कैद र २१ लाख रुपैयाँ जरिवाना ठहर भएकोमा सजाय वेरुजू रही फरार रहेका खड्कालाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले ललितपुर तिखिदेवलमा लुकीछिपी बसिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

खड्काले २०७५ सालमा आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी जानी झुक्यानमा पारी आफैले संचालन गर्ने सफायर ट्रेडिङ् कम्पनी प्रालि महालक्ष्मीस्थान, ललितपुरको नामबाट संचालित सिभिल बैंक लिमिटेड, शाखा कार्यालय जावलाखेलको खाताबाट भुक्तान हुने गरी बिभिन्न मितिका चेकहरु काटी पीडितलाई दिएर बैकिङ कसूरजन्य अपराध गरेको ठहर गरी उच्च अदालत पाटनबाट उक्त सजाय हुने गरी फैसला भएको थियो ।खड्कालाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत चितवनमा पेश गरिएको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu