Connect with us
Kapilvast Forest

नमूना उखु गाउँ कार्यक्रमबाट लाभान्वित किसान

२०७७, २० फाल्गुन बिहीबारमा प्रकाशित

महेन्द्रनगर -कञ्चनपुरको दक्षिण क्षेत्रका ४०० घरधुरी किसान दुई वर्षयता मुख्यमन्त्री एकीकृत कृषि तथा पशुपक्षी विकास कार्यक्रम सञ्चालित नमूना उखु गाउँ कार्यक्रमबाट लाभान्वित भएका छन् । कृषि ज्ञान केन्द्रका अनुसार दुई वर्षदेखि बेल्डाँडी गाउँपालिका, लालझाँडी गाउँपालिका, बेलौरी र पुर्नबास नगरपालिकामा उक्त कार्यक्रम सञ्चालन भइरहेको छ ।

“छनोट गरिएका पालिकामा एउटा पालिकामा १०० घरधुरी किसान छनोटमा परेर उक्त कार्यक्रमअन्तर्गत उखुखेती गरिरहेका छन्”, कृषि ज्ञान केन्द्रका कृषि अधिकृत तथा मुख्यमन्त्री एकीकृत कृषि तथा पशुपक्षी विकास कार्यक्रम संयोजक रणबहादुर मल्लले भन्नु भयो , “चारवटा पालिकामा ४०० किसान प्रत्यक्ष लाभान्वित भएका छन् ।”

दक्षिण क्षेत्रमा लामो समयदेखि उखुखेती गर्दै आएको भए पनि उखु नमूना गाउँ कार्यक्रम सञ्चालनमा आएपछि थप उत्साहका साथ किसान त्यसतर्फ अग्रसर भएका छन् ।

नमूना गाउँअन्तर्गत किसानले १५ हजार बिघामा उखुखेती गरिरहेको कृषि ज्ञान केन्द्रले जनाएको छ । “चारवटै पालिकाका लागि यान्त्रिक, सिँचाइ र बीउ खरिदका लागि वार्षिक रु दुई करोड रकम विनियोजन भएको छ”, संयोजक मल्लले भन्नु भयो “कार्यक्रममा समेटिएकाभन्दा अन्य किसान पनि सो क्षेत्रमा व्यावसायिकरूपमा उखुखेती गरिरहेका छन् ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu