Connect with us
Kapilvast Forest

नारी दिवसमा पठाओले गर्‍यो उत्कृष्ट २५ महिलालाई सम्मान

२०७७, २४ फाल्गुन सोमबारमा प्रकाशित

 

काठमाडौं-अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा लोकप्रिय राइड सेयरिङ प्लेटफर्म पठाओले उत्कृष्ट २५ जना महिला राइडरहरूलाई सम्मान गरेको छ।

पठाओ नेपालकी मार्केटिङ प्रमुख सुरक्षा हमालले महिला राइडरहरूलाई मायाको चिनो र ज्याकेट प्रदान गरी सम्मान गरिएको बताइएको छ।कार्यक्रममा महिला राइडरहरूले अनुभव आदानप्रदान समेत गरेका थिए।

महिला सशक्तीकरणको महत्वपूर्ण माध्यम रोजगारी भएकोले पठाओमा आवद्ध भएर महिला दिदीबहिनी सक्रिय भएको देख्दा खुसी लागेको हमालले बताउनु भयो ।

पठाओ नेपालमा हाल करिब एक हजार छ सय जना महिला राइडर आवद्ध छन्। जसमध्ये करिब तीन सय दैनिक सक्रिय रहेको र उनीहरूको औसत कमाइ मासिक करिब तीस हजार रहेको हमालले बताउनु भयो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu