Connect with us
Kapilvast Forest

नक्कली नोट छाप्ने मेसिनसहित एक पक्राउ

२०७७, ८ चैत्र आईतवारमा प्रकाशित

pakrau fiture

सिन्धुपाल्चोक – इलाका प्रहरी कार्यालय मेलम्चीले नक्कली पैसा छाप्ने मेसिनसहित एक जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा मेलम्ची नगरपालिका–१३ का राजाराम दनुवार रहेको प्रहरीले जनाएको छ ।

नक्कली पैसा छापी कारोबार गरिरहेको भन्ने प्राप्त सूचनाका आधारमा उनलाई शनिबार मेलम्ची नगरपालिका–१२ स्थित बिआरएस मोबाइल हाउसबाट नक्कली नोट, नक्कली नोट छाप्न प्रयोग गर्ने प्रिन्टरसहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फलबहादुर तामाङले जानकारी दिनु भयो ।पक्राउ परेका दनुवारलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय चितवन पठाइएको प्रहरीले जनाएको छ ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu