Connect with us
Kapilvast Forest

क्यान्सरविरुद्धको खोप तयार गदै टुरेसी

२०७७, ८ चैत्र आईतवारमा प्रकाशित

प्रतिनिधिमुलक तस्विर

एजेन्सी- जर्मनीको बायोन्टेक कम्पनीका संख्थापक ओजलेम टुरेसीले क्यान्सरविरुद्धको खोप तयार पार्ने बताएका छन् ।ओजलेमले आफनो आगामी लक्ष्य क्यान्सरविरुद्धको खोप तयार पार्नु रहेको बताएका हुन् । यसअघि टुरेसीले अमेरिकाको फाइजर कम्पनीसंग मिलेर कोरोनाविरुद्धको खोप निर्माण गरेका थिए ।

टुरेसीले क्यान्सरविरुद्धको खोप पनि केही वर्ष भित्रै आउने दाबी समेत गरेका छन् । कोरोनाको खोप तयार पार्नु अघि नै बायोन्टेक ट्युमरसंग लड्न सक्ने रोग प्रतिरोधात्मक क्षमता विकास गर्न सक्ने खोप बनाउने कार्यमा जुटेका थिए ।

तर कोरोना महामारी फैलिएपछि भने कम्पनी कोरोनाको खोप बनाउन लागेको थियो । यो खोप हाल विश्वका थुप्रै राष्ट्रहरुमा प्रयोग भइरहेको छ ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu