Connect with us
Kapilvast Forest

चिडियाखानाका हात्तीको आहाराका लागि वनमन्त्रीद्वारा सवा लाख प्रदान

२०७७, १३ चैत्र शुक्रबारमा प्रकाशित

काठमाडौँ-वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले जावलाखेलस्थित सदर चिडियाखानामा रहेका हात्तीको आहाराका लागि आफ्नो व्यक्तिगततर्फबाट रु एक लाख २५ हजार प्रदान गर्नुभएको छ । मन्त्रालयमा आज चिडियाखानाका प्रमुख डा चिरञ्जीवीप्रसाद पोखरेललाई मन्त्री आलेले उक्त रकम प्रदान गर्नुभयो । कोभिड–१९का कारण चिडियाखाना अवलोकन गर्न आउनेको सङ्ख्यामा कमी भएको र जनावरलाई आहाराका लागि रकम अभाव भएका कारण मन्त्री आलेले रकम प्रदान गर्नुभएको उहाँका निजी सचिव रविन ग्यालनले जानकारी दिनुभयो ।

चिडियाखानामा रहेका जनावरका लागि आहारामा समस्या भएपछि राष्ट्रिय प्रकृति संरक्षण कोषले सदर चिडियाखाना व्यवस्थापन गरेको २५ औँ वर्षका अवसरमा जनावरको आहारा र व्यवस्थापनका लागि ‘एडप्ट एनिमल’ भन्ने अभियान शुरुआत गरेको थियो । उक्त अभियानलाई साथ दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले एकसिँगे गैँडाका लागि एक महिनाको आहाराका लागि सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको थियो ।

उहाँले भन्नुभयो, “कोरोनाले चिडियाखाना बन्द भएपछि जनावरको आहारा व्यवस्थापनका लागि समस्या भयो, प्रधानमन्त्रीज्यूसहित २१ जनाले आहारा व्यवस्थापनका लागि आर्थिक सहयोग दिने प्रतिबद्धता जनाउनुभएको छ, रकम आउने क्रम जारी छ, आहाराका लागि अब केही सहज हुनेछ ।”
वनमन्त्री आलेले चिडियाखानामा रहेका जनावरको आहारा तथा व्यवस्थापनका लागि अन्य क्षेत्रबाट पनि सहयोग जुटाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । सो रकमले हात्तीका लागि एक महिनाको खाना व्यवस्थापनमा निकै सहज हुने राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य सचिव शरद अधिकारीले बताउनुभयो ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu