Connect with us
Kapilvast Forest

प्रधानमन्त्री ओलीले राजीनामा नदिए काँग्रेसले अविश्वासको प्रस्ताव लैजाने

२०७७, २१ चैत्र शनिबारमा प्रकाशित

Ramchandra-Poudel-1.jpg

काठमाडौं-नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिए काँग्रेसले संसद्मा अविश्वासको प्रस्ताव लैजाने बताउनुभएको छ । नेपाली काँग्रेस नुवाकोटद्वारा काठमाडौंमा आयोजित कार्यक्रममा वरिष्ठ नेता पौडेलले प्रधानमन्त्री ओलीलाई नहटाए लोकतन्त्र खतरामा रहने भएकाले संसद्मा अविश्वासको प्रस्ताव ल्याएर भए पनि हटाउने बताउनुभयो ।

नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिले प्रधानमन्त्री फेर्ने निर्णय गरिसकेको बताउँदै प्रधानमन्त्री ओलीले आफैं राजीनामा नदिए काँग्रेसको नेतृत्वमा अविश्वासको प्रस्ताव संसद्मा लैजाने बताउनुभयो ।

सरकार बाहिर रहेका, प्रतिगमनको विरुद्धमा संघर्ष गरेका र संसद पुनःस्थापनाका लागि आवाज उठाएका तीन दलको बीचमा वार्ता गरी समझदारी बनाइ सहमति गरेर प्रधानमन्त्री ओलीलाई हटाउन संसद्मा अविश्वासको प्रस्ताव लैजाने बताउनुभयो । अब बन्ने सरकारको नेतृत्व काँग्रेसले गर्ने पनि उहाँको भनाइ छ । तर यस विषयमा अन्य दलहरुसँग छलफल गर्न काँग्रेस तयार रहेको पनि उहाँले स्पष्ट पार्नुभयो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu